दुर्लभ रेड पान्डादेखि सालकसम्मको उद्धार

Published on

काठमाडौं । ताप्लेजुङमा दुर्लभ रेड पान्डा (हाब्रे) देखि सालकसम्म विभिन्न वन्यजन्तुको उद्धार गरिएको छ । डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार विभिन्न समयमा विभिन्न १४ वटा वन्यजन्तुको उद्धार गरिएको हो । डिभिजन वन कार्यालयका वन अधिकृत प्रमेश्वर पासवानका अनुसार मङ्गलबार मात्र एक दुर्लभ सालकको उद्धार गरिएको छ । फुङ्लिङ नगरपालिका–७, ऐश्वर्य चोकमा सोमबार राति फेला परेको सालकको प्रहरीले उद्धार गरी डिभिजन वन कार्यालयलाई बुझाएको हो । मङ्गलबार उद्धार गरिएकोसमेत हालसम्म चार वटा सालकको सकुशल उद्धार भएको डिभिजन वन अधिकृत पासवानले जानकारी दिनुभयो ।

उहाँका अनुसार हालसम्म तीन वटा दुर्लभ रेड पान्डा (हाब्रे) को उद्धार गरिएको छ । फुङ्लिङ नगरपालिका–१० फुरुम्बु, वडा नं. ११ फावाखोला र फक्ताङ्लुङ गाउँपालिका–४, इखाबु क्षेत्रबाट रेडपान्डाको उद्धार गरिएको हो । फुरुम्बु र फावाखोला भेग अन्तर्गत पर्ने पाथीभरा क्षेत्रको वन रेड पान्डा पाइने विशेष क्षेत्रका रूपमा छ । यस्तै हालसम्म पाँच वटा रतुवा मृगको उद्धार गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । त्यस्तै हालसम्म दुई वटा चरीबाघ र एउटा हिमाली कालो भालुको उद्धार गरिएको डिभिजन वन कार्यालयका प्रमुख रामजी साहले जानकारी दिनुभयो । ती वन्यजन्तुहरू विगत २०६४ सालयता उद्धार गरिएका हुन् । उद्धार गरिएका वन्यजन्तु सुरक्षित वन तथा वासस्थानमा छोडिएको पनि कार्यालय प्रमुख साहले बताउनुभयो । रेड पान्डा, सालकजस्ता दुर्लभबाहेकका वन्यजन्तु भने जिल्लामा प्रशस्त पाइने बताइएको छ । गोरखापत्र

ताजा समाचार

चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला

काठमाडौँ । “अब त यस्तो लाग्न थालिसक्यो, एक दिन जङ्गल नपस्दा र जङ्गली जनावर...

राजकाँडा धुलीकोट ऐतिहासिक पर्यटकिय स्थल ओझेलमा

काठमाडौँ । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका ७ मा एउटा ऐतिहासिक भग्नावशेष छ । जसलाई...

अव्यवस्थित सहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बढ्दो अव्यवस्थित सहरीकरणले विश्वमै समस्या ल्याएको र...

‘याक संरक्षणका लागि सङ्गठित प्रयास आवश्यक’

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले याकपालनले हिमाली समुदायको आयआर्जन, खाद्य र...