खुल्यो टिङ्कर नाका,स्थानीय व्यापारी ताक्लाकोटमा

Published on

काठमाडौं । नेपाल–चीन सीमानाका टिङ्कर खुलेपछि स्थानीय व्यापारी ताक्लाकोट पुगेका छन् । कोभिड–१९ महामारीका कारण बन्द गरिएको यो नाका करिब पाँच वर्षपछि खोलिएको हो । केही दिनपहिले मात्रै चिनियाँ पक्षले नाका खुलेको जानकारी पठाएपछि नेपाली व्यापारी ताक्लाकोट जान थालेका हुन् । व्यास गाउँपालिका–१ का स्थानीय योगेश बोहराले चीनबाट नै व्यापारीलाई आउनु भन्ने खबर पठाएको बताउनुभयो । औपचारिक पत्र नपाए पनि व्यास क्षेत्रका स्थानीयमार्फत नाका खुला गरिएको जानकारी पाएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताउनुभयो । छाङरु र टिङ्करका केही स्थानीय ताक्लाकोट पुगेका छन् ।

टिङ्करको छियालेकस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) ले टिङ्कर नाका भएर ताक्लाकोट आवतजावत गर्ने नागरिकको अभिलेख राख्ने गरेको छ । छियालेकमा इलाका प्रहरी कार्यालय पनि सञ्चालित छ । उक्त नाका बन्द हुँदा ताक्लाकोटमा रहेका नेपाली नागरिकका पसल पाँच वर्षदेखि बन्द थिए । लामो समयको पर्खाइ तथा पहलपछि नाका खुलेको स्थानीयवासी बताउँछन् । गत जेठ १७ गते ताक्लाकोटस्थित चिनियाँ अधिकारीसँग दार्चुलाका प्रजिअसहित सुरक्षा अधिकारीले भिडियो संवादमार्फत नाका सञ्चालनबारे छलफल गरेका थिए । उक्त छलफलमा असार ११ देखि नाका सञ्चालन हुने तय भएको थियो । केही प्राविधिक तयारी नपुगेको भन्दै चिनियाँ अधिकारीले असार २६ गतेलाई नयाँ मिति पठाएका थिए तर असार २६ गते पनि नाका खुलेन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शपथग्रहण गरेको दिन असार ३१ देखि भने नाका खुला गरिएको छ । तिब्बतमा पर्ने पवित्र कैलाश–मानसरोवरको यात्रा सञ्चालन गर्न टिङ्कर नाका वैधानिक रूपमा सञ्चालनको माग स्थानीयले गर्दै आएका छन् । यसका लागि पटक पटक राजनीतिक र प्रशासनिक नेतृत्वलाई अनुरोध गरिएको व्यास गाउँपालिकाका अध्यक्ष मङ्गलसिंह धामीले बताउनुभयो । टिङ्कर नाका परम्परागत रूपमा खुले पनि व्यास क्षेत्र र टिङ्कर नाका जोड्ने सडक निर्माणले भने गति लिएको छैन । सरकारले चालु आर्थिक वर्षको बजेटमा टिङ्कर सडकलाई आठ करोड ५० लाख रुपियाँ बजेट छुट्याएको छ । सामरिक महìवको टिङ्कर सडकमा बजेट न्यून भएको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् । नेपाली सेनाले निर्माण गरिरहेको टिङ्कर सडकमा बजेट थप गरेर प्राथमिकताका साथ निर्माण गरिदिन व्यास गाउँपालिकाले नेपाल सरकारलाई अनुरोध गरेको छ । गोरखापत्र

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...