सडक स्तरोन्नति सुरु भएसँगै कोदारवासी खुसी

Published on

काठमाडौं । भोजपुर नगरपालिका–७ कोदारले सडकको स्तरोन्नतिमा प्राथमिकता दिएसँगै स्थानीयलाई सहजता भएको छ । विगतमा हिलाम्य हुने सडकको स्तरोन्नति गर्न वडाले काम थालनी गरेपछि स्थानीयलाई सहजता भएको हो ।

हिलाम्य सडकको स्तरोन्नति गरिएपछि स्थानीयवासी उत्साहित भएका छन् । सडक स्तरोन्नतिले दैनिकीमा सहजता भएको स्थानीयवासी भगवती तामाङले बताउनुभयो । सडक हिलाम्य हुँदा आवतजावतसँगै उत्पादित कृषि उपजको बजारीकरणमा समेत समस्या हुने गरेकामा अहिले सजहता भएको उहाँको भनाइ छ । “सडक व्यवस्थित नहुँदा हामीलाई आवतजावतमा धेरै समस्या थियो,” उहाँले भन्नुभयो, “अहिले सबै टोलमा सडकको स्तरोन्नति गरिएपछि सहजता छ । हामीलाई दैनिक आवतजावतमा कुनै समस्या छैन । स्थानीयको समस्यालाई ध्यानमा राख्दै वडाले बर्सातमा हिलाम्य हुने सडकलाई ढलान तथा ग्राभेल गरेर बाह्रै महिना सञ्चालन आउनेगरी स्तरोन्नति गरेपछि दैनिकीमा परिवर्तन आएको स्थानीयवासी हरिबहादुर महतले बताउनुभयो । सडकले गाउँघरको जीवनशैलीमा सहजता थपिएको उहाँको भनाइ छ ।

“सडकको विकास गरिएपछि हामीमा उत्साह बढेको छ,” उहाँले भन्नुभयो, “हाम्रो क्षेत्रका मुख्य सडकमा आवतजावतमा समस्या छैन । वडाले थालेको योजनाबद्ध विकासले हामीलाई खुसी लागेको छ ।” वडाभित्रका सडकलाई प्राथमिकताका साथ स्तरोन्नति तथा विकास गरिरहेको वडा वडाध्यक्ष जयबहादुर तामाङले बताउनुभयो । हालसम्म यहाँको करिब दुई किलोमिटर सडक ढलान सम्पन्न गरेको उहाँको भनाइ छ । स्थानीयको आवतजावतमा सहजता थप्न वडाभित्र अधिकांश सडक ग्राभेल गर्ने काम सम्पन्न भएको उहाँले बताउनुभयो । “मैले यहाँको वडाको योजनाबद्ध विकासमा जोड दिएको छु,” वडाध्यक्ष तामाङले भन्नुभयो, “यहाँका मुख्य सडकहरू प्रायः ढलान तथा ग्राभेल भएका छन् । सडक विस्तारसँगै किसानलाई आयआर्जनमा जोड्न तरकारी तथा नगदेबाली खेतीमा पनि जोड दिएका छौँ ।”

सीमित बजेटमा पनि अधिकतम उपयोग हुने तवरबाट योजनाहरू सञ्चालन गरिरहेको वडाले जनाएको छ । स्थानीयको समस्यालाई ध्यानमा राख्दै यहाँका मुख्य सडकहरू करिब दुई सय मिटरबाहेक सबै सडक ग्राभेल गरिएको वडाको दाबी छ । नमुना वडा बनाउने लक्ष्यका साथ काम गरिरहेको वडाध्यक्ष तामाङले बताउनुभयो । रासस

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...