आँधीबाट ताइवानमा बाढी, फिलिपिन्समा २२ को मृत्यु

Published on

काठमाडौं । ताइवानमा गेमी आँधी आएपछि तल्लो भेगमा बाढी आएको छ । आँधीका कारण पहिरोसमेत गएको छ । आँधीले घर र पसलमा क्षति पुगेको छ । आँधीले पश्चिमी प्रशान्त क्षेत्रलाई बगाएको छ । फिलिपिन्समा बाढी र पहिरोबाट २२ जनाको मृत्यु भएको छ । ताइवानमा पनि तीन जनाको मृत्यु भएको छ भने दुईसय २० भन्दा बढी घाइते भएका छन् । ताइवानमा कार्यालय र विद्यालय बिहीबार लगातार दोस्रो दिन बन्द भएका छन् । नागरिकहरूलाई घरमै बस्न र सामुद्रिक तटबाट टाढा रहन आग्रह गरिएको छ । ताइवान नियमित रूपमा आँधीको चपेटामा पर्ने गर्छ ।

ताइवानको स्थलाकृति, उच्च जनसङ्ख्या घनत्व र उच्च प्रविधिको अर्थतन्त्रका कारण यस्ता आँधी आउँदा हुने क्षतिबाट बच्न कठिन हुन्छ । राजधानी ताइपेई असामान्य रूपमा शान्त थियो, हल्का वर्षा भइरहेको थियो र कहिलेकाहीँ तीव्र हावा चलिरहेको थियो । फिलिपिन्समा डुबेर र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या बढेको छ । प्रहरीका अनुसार कम्तीमा तीन जना बेपत्ता छन् । बिहीबार बिहान बाटन प्रान्तको लिमेय सहरमा १४ लाख लिटर औद्योगिक इन्धन तेलले भरिएको ट्याङ्कर डुबेको र उद्धारकर्ताहरूले १६ मध्ये १५ जना चालक दलका सदस्यको उद्धार गरेको फिलिपिन तट रक्षकले बताएका छन् । ट्याङ्कर डुब्नुको सम्बन्ध खराब मौसम र अशान्त समुद्र थियो वा थिएन भन्ने तत्काल स्पष्ट भएको छैन । तर यातायात सचिव जेमी बाउटिस्टाले सामुद्रिक अवस्थाका कारण सम्भावित तेल चुहावटलाई रोक्न तट रक्षाकर्मी तत्काल उक्त क्षेत्रमा पुग्न नसकेको बताउनुभयो ।

आँधीका कारण ताइवानको पूर्वी तटमा वायु सेनाको अभ्यास रद्द गर्नुपरेको छ । फिलिपिन्समा क्यारिना भनिने गेमीले फिलिपिन्समा भूस्खलन निम्त्याएको छैन तर मौसमी मनसुनी वर्षालाई बढाएको छ । फिलिपिन्सका राष्ट्रपति फर्डिन्यान्ड मार्कोस जुनियरले अधिकारीलाई पृथक् भएका गाउँहरूमा खाद्यान्न र अन्य सहायता गर्ने प्रयासलाई तीव्र बनाउन आदेश दिनुभएको छ । “त्यहाँका जनताले धेरै दिनसम्म खाना नखाएका हुनसक्छन्”, टेलिभिजनमा प्रसारित आपत्कालीन बैठकमा उहाँले भन्नुभयो । फिलिपिन्सको राजधानी वरपरका बाक्लो जनसङ्ख्या भएका क्षेत्रहरूमा वर्षाका कारण धेरै स्थानमा बाढी आएकाले सरकारी कामकाज र विद्यालयको पठनपाठन प्रभावित भएको छ । आँधी उत्तरपश्चिमी दिशामा मुख्य भूमि चीनतर्फ बढेकाले यसको प्रभाव शुक्रबारसम्म जारी रहने बताइएको छ । चीनको आधिकारिक सिन्ह्वा समाचार एजेन्सीका अनुसार चीनको पूर्वी तटमा रहेको फुजियान प्रान्तमा बुधबार फेरी मार्गहरू बन्द गरिएको थियो । सबै रेल सेवा बिहीबारसम्म रोकिएको छ । रासस–एपी

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...