दुर्घटनाबारे गहन अनुसन्धान हुन्छ : मन्त्री पौडेल

Published on

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे गहन अनुसन्धान हुने बताउनुभएको छ। बिहीवार त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा दुर्घटनामा परी ज्यान गुमाएका आफन्त र घाइते पाइलट मनिषरत्न शाक्यको अवस्था बुझ्न पुग्नुभएका मन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले अहिले मृतकहरुको फिंगर प्रिन्ट्स, दाँतबाट र शरीरका विभिन्न सङ्केतबाट पहिचान गर्ने काम भइरहेको र बुधवार नै ४ वटा शवको पहिचान भइसकेको बताउनुभयो । शवको पहिचान भएपनि म्याचिङ गर्न भने बाँकी छ । बिहीवार बेलुकासम्म सबैको शवको पहिचान गरिसक्ने र शुक्रवार बेलुकासम्म आफन्तलाई जिम्मा लगाउने गरी काम भइरहेको अस्पतालले जनाएको छ । यस्तै, मन्त्री पौडेलले पहिचान हुन नसकेका शवहरुको भने डिएनए गर्नुपर्ने भएकाले केही समय लाग्नसक्ने बताउनुभयो । ूनेपालको हवाई क्षेत्र धेरै सुरक्षित हुन नसकेको कारण वर्षेनी ठूलो संख्यामा क्षति व्यहोर्नु परेको छू, उहाँले भन्नुभयो, ूनेपाललाई पर्यटकीय गन्तव्य बनाउनेमा यस प्रकारका असुरक्षाले प्रश्न चिन्ह खडा गर्छ ।

उहाँले सरकारले भएका कमजोरी र लापरवाही पत्ता लगाएर कारबाही, सुधार र नियमन गर्ने पनि उल्लेख गर्नुभएको छ । यस्तै, पुराना र कण्डिसन बिग्रिएका जहाज प्रयोग गर्न र मापदण्ड पूरा नभएका विमान उडान गर्न रोक लगाउँदै विमानस्थलभित्र जहाज उडानका लागि मैत्रीपूर्ण वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । मन्त्री पौडेलले भन्नुभयो, ूहाम्रो हवाई सुरक्षित हुन सकेको छैन । पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणले कहाँ सावधानी अपनाउने, कहाँ लापरवाही भयो पत्ता लगाउनुपर्छ। हवाई यात्रालाई सुरक्षित बनाउनका निम्ति एयरलाइन्सहरुमा भएका कमजोरी, पुराना जहाज प्रयोग गर्ने कण्डिसन बिग्रिएका जहज प्रयोग गर्ने, मापदण्ड पूरा नभएका विमान उडान गर्न दिने, विमानस्थल भित्र जहाज उडानका लागि मैत्रीपूर्ण वातावरण गराउने काम गर्न जरुरी छ । मन्त्री पौडेलले दुर्घटनामा परेको जहाजको ब्ल्याक बक्सु सुरक्षित रहेको जनाउँदै यसले वास्तविक कुरा पत्ता लगाउनमा मद्धत गर्ने विश्वास व्यक्त गर्नुभयो । सरकारले ४५ दिनको समय दिएर छानबिन गर्न आयोग गठन गरेको र आयोगले विस्तृतमा समस्या र दुर्घटनाको कारण पत्ता लगाउने गरी काम गर्ने मन्त्री पौडेलको भनाइ छ ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...