गाउँकै कच्चा पदार्थ, गाउँमै पैसा

Published on

हस्तकलामा निपुण रहेकी उर्मिला चौधरीले सिप आफूले मात्रै सिक्नुभएको छैन अन्य जिल्लामा पुगेरसमेत सिप सिकाउँदै आउनुभएको छ । उर्मिलाले गाउँमै उत्पादन भएका बाँसका चोया, गुँदबाट विभिन्न सामग्री बनाउँदै बिक्री गर्दै आउनुभएको छ ।

उहाँले बनाएका सामग्री जिल्लासहित काठमाडौँ, नेपालगन्ज र विदेशमा समेत बिक्री हुँदै आएको छ । उर्मिलाले कलमदानी, पूजादानी, ढकिया, झोला, ट्रे पाँच सयदेखि १० हजार रुपियाँमा बिव्र गर्दै आउनुभएको छ । उर्मिलाले भन्नुभयो, “मलाई त रोगले च्यापे पनि सुख हुँदैन तुलसीपुर उपमहानगरपालिकाले झोला माग ग(यो, त्यही बेला पखालाले च्याप्यो माग धेरै थियो तर एउटा मात्रै बनाएर दिएँ । गाउँकै बाँस, गुँद, मकै, धानको परालबाट सामग्री बनाइन्छ, घरबाटै बिक्री हुन्छ, घरमै बसेर गुजारा चलेकै छ । उर्मिला मात्रै होइन बाँसबाट कलमदानी, घडी, मन्दिर बनाएर तुलसीपुर–१९, पकर्रेका कृष्ण चौधरीले बिक्री गर्दै आउनुभएको छ । ६० वर्षीय चौधरीले सिपसमेत सिकाउँदै आउनुभएको छ । पकर्रे सामुदायिक वनले कृष्ण चौधरीको हस्तकलालाई प्रोत्साहन गर्दै पकर्रे उद्यमशीलता केन्द्रसमेत स्थापना गरेको अध्यक्ष मुरलीधर केसीले बताउनुभयो ।

काठमाडौं । तुलसीपुर–८ की उर्मिला चौधरीलाई ढकिया, कलमदानी र झोला बनाउन भ्याइनभ्याइ हुन्छ । तुलसीपुर–८, बटोलपुरकी उर्मिला चौधरीलाई रोगले च्यापे पनि काममै व्यस्त हुनु पर्छ । हस्तकलामा निपुण रहेकी उर्मिला चौधरीले सिप आफूले मात्रै सिक्नुभएको छैन अन्य जिल्लामा पुगेरसमेत सिप सिकाउँदै आउनुभएको छ । उर्मिलाले गाउँमै उत्पादन भएका बाँसका चोया, गुँदबाट विभिन्न सामग्री बनाउँदै बिक्री गर्दै आउनुभएको छ । उहाँले बनाएका सामग्री जिल्लासहित काठमाडौँ, नेपालगन्ज र विदेशमा समेत बिक्री हुँदै आएको छ । उर्मिलाले कलमदानी, पूजादानी, ढकिया, झोला, ट्रे पाँच सयदेखि १० हजार रुपियाँमा बिव्र गर्दै आउनुभएको छ । उर्मिलाले भन्नुभयो, “मलाई त रोगले च्यापे पनि सुख हुँदैन तुलसीपुर उपमहानगरपालिकाले झोला माग ग(यो, त्यही बेला पखालाले च्याप्यो माग धेरै थियो तर एउटा मात्रै बनाएर दिएँ । गाउँकै बाँस, गुँद, मकै, धानको परालबाट सामग्री बनाइन्छ, घरबाटै बिक्री हुन्छ, घरमै बसेर गुजारा चलेकै छ ।”

उर्मिला मात्रै होइन बाँसबाट कलमदानी, घडी, मन्दिर बनाएर तुलसीपुर–१९, पकर्रेका कृष्ण चौधरीले बिक्री गर्दै आउनुभएको छ । ६० वर्षीय चौधरीले सिपसमेत सिकाउँदै आउनुभएको छ । पकर्रे सामुदायिक वनले कृष्ण चौधरीको हस्तकलालाई प्रोत्साहन गर्दै पकर्रे उद्यमशीलता केन्द्रसमेत स्थापना गरेको अध्यक्ष मुरलीधर केसीले बताउनुभयो । गोरखापत्र

ताजा समाचार

महायज्ञ सफल बनाउन दिपक मरिकलाई उठिवास

काठमाडौँ । सिरहाको औरही गाउँपालिका-५ मा विष्णु महायज्ञ लगाउन सार्वजनिक स्थलमा बस्दै आइरहनुभएका दलित...

मेरुङमा भेटियो दुर्लभ रेडपाण्डा

काठमाडौँ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका सामुदायिक वन क्षेत्रमा विश्वमा दुर्लभ मानिएको रेडपाण्डा...

नेपाल–भारत मित्रता : नयाँ आयाम दिन सहमति

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा र भारतीय विदेशमन्त्री डा. एस जयशङ्करबिच दुई देशको...

त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

काठमाडौँ । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानको काम समयमै...