सुदूरपश्चिममा बढ्दै डेङ्गु सङ्क्रमण

Published on

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा डेङ्गुको सङ्क्रमण बढ्दैगएको छ । वर्षात्सँगै डेङ्गुको सङ्क्रमण बढ्न थालेको हो । प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार यो प्रदेशमा जनवरीदेखि हालसम्म १७१ जनालाई डेङ्गु सङ्क्रमण भइसकेको छ । जसमध्ये जुन महिनामा सबैभन्दा बढी ४६ जना डेङ्गुबाट ग्रसित भएका छन् ।

निर्देशनालयको बुलेटिनमा उल्लेख भएअनुसार यो प्रदेशभा तराईभन्दा पहाडी क्षेत्रमा डेङ्गुको सङ्क्रमण बढ्दो रहेको देखिएको छ । डोटी र अछाममा डेङ्गु सङ्क्रमण तराईभन्दा पनि बढी रहेको जनाइएको छ । डोटीमा हालसम्म ४९, अछाममा ३९ जनालाई डेङ्गु सङ्क्रमण भइसकेको छ । कञ्चनपुरमा २६, दार्चुला र बाजुरामा १५–१५, कैलालीमा १२, डडेल्धुरामा सात, बैतडी र बझाङमा चार–चार जनामा डेङ्गु सङ्क्रमण भएको जनाइएको छ । लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगको सङ्क्रमण भएमा ज्वरो आउने, टाउको, मांसपेशी तथा जोर्नी दुख्ने, थकान लाग्ने लगायतका लक्षण देखिने गरेको जनाइएको छ । यो रोगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन जरुरी रहेको निर्देशनालयले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...