सुदूरपश्चिममा बढ्दै डेङ्गु सङ्क्रमण

Published on

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा डेङ्गुको सङ्क्रमण बढ्दैगएको छ । वर्षात्सँगै डेङ्गुको सङ्क्रमण बढ्न थालेको हो । प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार यो प्रदेशमा जनवरीदेखि हालसम्म १७१ जनालाई डेङ्गु सङ्क्रमण भइसकेको छ । जसमध्ये जुन महिनामा सबैभन्दा बढी ४६ जना डेङ्गुबाट ग्रसित भएका छन् ।

निर्देशनालयको बुलेटिनमा उल्लेख भएअनुसार यो प्रदेशभा तराईभन्दा पहाडी क्षेत्रमा डेङ्गुको सङ्क्रमण बढ्दो रहेको देखिएको छ । डोटी र अछाममा डेङ्गु सङ्क्रमण तराईभन्दा पनि बढी रहेको जनाइएको छ । डोटीमा हालसम्म ४९, अछाममा ३९ जनालाई डेङ्गु सङ्क्रमण भइसकेको छ । कञ्चनपुरमा २६, दार्चुला र बाजुरामा १५–१५, कैलालीमा १२, डडेल्धुरामा सात, बैतडी र बझाङमा चार–चार जनामा डेङ्गु सङ्क्रमण भएको जनाइएको छ । लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगको सङ्क्रमण भएमा ज्वरो आउने, टाउको, मांसपेशी तथा जोर्नी दुख्ने, थकान लाग्ने लगायतका लक्षण देखिने गरेको जनाइएको छ । यो रोगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन जरुरी रहेको निर्देशनालयले जनाएको छ । गोरखापत्र

ताजा समाचार

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...

ढल्केबर-बारा प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबिचको विद्युत् व्यापार...