पेरिस ओलम्पिकको उद्घाटन सेन नदीमा

Published on

काठमाडौं । ३३औँ गृष्मकालीन ओलम्पिक शुक्रबारदेखि फ्रान्सको राजधानी पेरिसमा सुरु हुँदैछ । पेरिस ओलम्पिकमा समावेश केही खेलहरू सुरु भएपनि प्रतियोगिताको औपचारिक उद्घाटन सेन नदीमा भव्य समारोहबिच गरिन लागिएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र फ्रान्स सरकारले ओलम्पिकको उद्घाटन समारोहलाई विशेष र फरक बनाउने प्रयास गरेको छ । ओलम्पिक खेलकुदको उद्घाटन पहिलो पटक रङ्गशाला बाहिर गरिन लागिएकोले पनि फरक र ऐतिहासिक बन्न लागेको हो । मौलिक र अद्वितीय छनक दिन लागिएको उद्घाटन सत्रमा सहभागी खेलाडीले सेन नदीमा डुङ्गामा परेड गर्नेछन् । ओलम्पिकमा सहभागी प्रत्येक देशका लागि एउटा डुङ्गाको व्यवस्था गरिएको छ । आयोजकका अनुसार ओलम्पिक परेडमा १० हजार भन्दा बढी खेलाडीको सहभागिता रहनेछ । उक्त परेड सेन नदीको ६ किलो मिटर दूरीमा हुनेछ । जसमा दर्शकले सबैतिर छरिएर उद्घाटनको परेड हेर्न सक्नेछन् । सेन नदी फ्रान्सको सबैभन्दा प्रख्यात नदी हो । यो राजधानी पेरिसहुँदै पूर्वबाट पश्चिमतर्फ बग्छ ।

नेपालबाट ६ खेलमा सात खेलाडी

पेरिसमा ओलम्पिकमा नेपालबाट ६ खेलका सात खेलाडीको सहभागिता रहेको छ । जसमा एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीका एलेक्जान्डर शाह र डुवाना लामा तथा जुडोकी मनिता श्रेष्ठ प्रधानले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । टेबलटेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिताले छनोट चरण पार गरेर ओलम्पिक यात्रा तय गर्नुभएको हो । साउन २७ गतेसम्म चल्ने यस ओलम्पिकमा दुई सय ६ देशका खेलाडीले विभिन्न ३२ खेलमा प्रतिस्पर्धा गर्नेछन् । जसमा तीन सय २९ इभेन्ट्स हुनेछन् ।

ताजा समाचार

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...

ढल्केबर-बारा प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबिचको विद्युत् व्यापार...