उपराष्ट्रपति यादवसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

Published on

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा।डेनियल म्यूली मोन्टेलियोनले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बिहीबार शिष्टाचार भेट गर्नुभएको छ।

भेटमा शुभकामना आदानप्रदान पश्चात् द्विपक्षीय सम्बन्ध, विकास सहयोग, लगानी तथा व्यापार, पर्यटनलगायतका मुद्दामा छलफल भयो। उपराष्ट्रपति यादवले सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात् नेपाल र स्वीट्जरल्याण्डबिचको सम्बन्ध मैत्रीपूर्ण तथा सौहार्दपूर्ण रहेको र नेपालले स्वीट्जरल्याण्डसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिँदै आएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘उच्च राजनीतिक नेतृत्व तथा कूटनीतिक तहमा भ्रमणको आदानप्रदान तथा संवाद, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापार, पर्यटन आदि नेपाल–स्वीट्जरल्याण्ड सम्बन्धका आधारस्तम्भ हुन्।’’

उहाँले नेपालको विकास पथमा मित्रराष्ट्र स्वीट्जरल्याण्डको निरन्तर साथ र सहयोग रहनेमा आशावादी रहेको बताउनुभयो। ‘नेपालको शान्ति प्रक्रियामा सुरुवाती चरणदेखि नै स्विस सरकारको महत्त्वपूर्ण सहयोग रही आएको छ’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘‘यसका लागि म स्विस सरकारलाई धन्यवाद व्यक्त गर्दछु।’’ उहाँले बहुपक्षीय मञ्चमा जलवायु परिवर्तनलगायतका अन्तर्राष्ट्रिय मुद्दामा स्वीट्जरल्याण्डको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गर्दै आपसी हितका विषयमा दुईपक्षीय र बहुपक्षीय मञ्चमा हाम्रो सहकार्य निरन्तर कायम रहनेमा आफू आशावादी रहेको बताउनुभयो। ‘नेपाल सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहेकोले नेपाल सरकारले तदनुसार तयारी गरिरहेको छ’’, उहाँले भन्नुभयो, ‘‘यसका लागि हामी विकास साझेदारबाट स्रोत–साधन, प्रविधिलगायत आर्थिक साझेदारीको अपेक्षा गर्दछौँ।’’ भेटमा स्वीट्जरल्याण्डका महामहिम राजदूत डेनियल म्यूली मोन्टेलियोनले नेपाल र स्वीट्जरल्याण्ड असल मित्र भएको जनाउँदै स्विस सरकारले नेपालमा रहेको तीनै तहको सरकारलाई बलियो बनाउँदै सङ्घीयतालाई सबल र सुदृढ बनाउनमा सहयोगका लागि इच्छुक रहेको बनाउनुभयो। उहाँले स्विस लगानीकर्तालाई नेपाल भित्र्याएर नेपालको विकासमा सहयोग पुर्‍याउने चाहना व्यक्त गर्नुभयो।

ताजा समाचार

परराष्ट्रमन्त्री राणा र युक्रेनका विदेशमन्त्रीबिच वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा...

१०औँ राष्ट्रिय खेलकुदको मस्कट ‘रेडपान्डा’

काठमाडौँ । कणाली प्रदेशमा आगामी जेठ ३ देखि १० गतेसम्म आयोजना हुने १०औँ राष्ट्रिय...

एक महिनादेखि फोहोर नउठ्दा कावासोती दुर्गन्धित

काठमाडौँ । एक महिनादेखि फोहोर नउठ्दा नवलपुर सदरमुकाम कावासोती दुर्गन्धित बन्दै गएको छ। थुप्रिएको...

परराष्ट्रमन्त्री डा. राणा र मल्दोभाका उपप्रधानमन्त्रीबिच द्विपक्षीय भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मल्दोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइसँग मंगलबार...