दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युतीकरण गरिसक्छौँः ऊर्जामन्त्री खड्का

Published on

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारले आगामी दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युतीकरण गरिसक्ने लक्ष्य लिएको बताउनुभएको छ।

मन्त्री खड्काले सरकारको सो लक्ष्य प्राप्तिका लागि सहयोग गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभयो। सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालले आफ्नो २० औं स्थापना दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले मुलुकको विद्युत विकासको क्षेत्रमा सरकार निजी क्षेत्र मिलेर काम गर्नुपर्ने बताउनुभयो। मन्त्री खड्काले निजी क्षेत्रको समस्या समाधान हुने गरी आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। विद्युत विकासलाई आफूले नजिकबाट नियालिरहेकाले काम गर्न सहज हुने उल्लेख गर्दै मन्त्री खड्काले त्यसका लागि साथ दिन निजी क्षेत्रलगायत संवद्ध सबै पक्ष आह्वान गर्नुभयो।

उहाँले भन्नुभयो, ‘अब हामी ९८ प्रतिशत विद्युतीकरण गरिसकेका छौं भनेका छौं। अब एक, डेढ वर्ष भित्र, दुई वर्षका लक्ष्य राखेपनि त्यो भन्दा अगाडि नै लक्ष्य प्राप्ति गरी सबैको घरमा विद्युतीकरण गरिसक्छौं भनिसकेपछि अब हामीले त्यही समूहले ज्ञान, सीप हासिल भइसकेको समूहले मुलुकमा कस्तो सहयोग पु¥याउन सकिन्छ भनेर खोजी गर्नुपर्दछ। एउटै कुरामा डिपेण्ड भएर बस्नुहुँदैन। समयसँगै हामी परिस्कृत हुनुपर्दछ। यहाँहरुको मुलुकले त्यो अपेक्षा गरेको छ।’’ मन्त्री खड्काले सशस्त्र द्वन्द्वकालको कठिन अवस्थामा पनि समुदायमा विद्युतीकरणको काम गरेको भन्दै समुदायमा आधारित विद्युतीकरण सम्बन्धि संघ, संस्थाप्रति आभार व्यक्त गर्नुभयो।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...