काभ्रेको श्वेत भैरव मन्दिर

Published on

काठमाडौं । काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका वडा नं ५ खडपु वा श्रीखण्डपुरमा अवस्थित प्रख्यात श्वेत भैरवको मन्दिर। बनेपा बजारदेखि पनौती जाँदा करिब २ किलोमिटरको दुरीमा, सडकको बायाँतर्फ अर्थात् खोलाको पारी उच्च स्थानमा अवस्थित रहेको छ प्रख्यात एवं प्राचीन श्वेत भैरवको मन्दिर। यस स्थललाई हाल खडपु भनिन्छ भने पुरानो यस स्थलको नाम श्रीखण्डपुर हो। तीन छाना भएको यस श्वेत भैरवको मन्दिर निकै नै कलात्मक र आकर्षक रहेको छ। २ छाना र गजुरमा सुनको मोलम्बा लगाइएको छ। मन्दिरको प्रमुख प्रवेशद्वार अगाडी दायाँ र बायाँ सिंहले पहरा दिएका छन्। मन्दिरको भित्र होचो भागमा श्वेत भैरवको प्रतिकात्मक स्थान रहेको छ। यही स्थानमा भक्तजनहरू पूजा अर्चना गर्ने गर्दछन्।

यस मन्दिरका पुजारीका अनुसार यस भैरव मन्दिरमा चैत महिनामा लिङ्गो ठड्याई जात्रा पर्व मनाइने गरिन्छ र असार महिनामा विशेष पूजा समेत हुने गर्दछ। सडक किनारै दाहिनेतर्फ श्वेत भैरवको मन्दिर रहेको छ भने सडकको बायाँ तर्फ किनारमा यस मन्दिरको प्राचीनतम शिलालेख समेत रहेको छ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...