काभ्रेको श्वेत भैरव मन्दिर

Published on

काठमाडौं । काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका वडा नं ५ खडपु वा श्रीखण्डपुरमा अवस्थित प्रख्यात श्वेत भैरवको मन्दिर। बनेपा बजारदेखि पनौती जाँदा करिब २ किलोमिटरको दुरीमा, सडकको बायाँतर्फ अर्थात् खोलाको पारी उच्च स्थानमा अवस्थित रहेको छ प्रख्यात एवं प्राचीन श्वेत भैरवको मन्दिर। यस स्थललाई हाल खडपु भनिन्छ भने पुरानो यस स्थलको नाम श्रीखण्डपुर हो। तीन छाना भएको यस श्वेत भैरवको मन्दिर निकै नै कलात्मक र आकर्षक रहेको छ। २ छाना र गजुरमा सुनको मोलम्बा लगाइएको छ। मन्दिरको प्रमुख प्रवेशद्वार अगाडी दायाँ र बायाँ सिंहले पहरा दिएका छन्। मन्दिरको भित्र होचो भागमा श्वेत भैरवको प्रतिकात्मक स्थान रहेको छ। यही स्थानमा भक्तजनहरू पूजा अर्चना गर्ने गर्दछन्।

यस मन्दिरका पुजारीका अनुसार यस भैरव मन्दिरमा चैत महिनामा लिङ्गो ठड्याई जात्रा पर्व मनाइने गरिन्छ र असार महिनामा विशेष पूजा समेत हुने गर्दछ। सडक किनारै दाहिनेतर्फ श्वेत भैरवको मन्दिर रहेको छ भने सडकको बायाँ तर्फ किनारमा यस मन्दिरको प्राचीनतम शिलालेख समेत रहेको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...