तीन वर्षदेखि पुल अलपत्र, सास्ती खेप्दै स्थानीयबासी

Published on

काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नं १ कोटवाडा र वडा नं ६, ७, ८ र ९ लालु, माल्कोट जोड्ने रहगाड खोलाको पुल बगाएको लामो समय भयो । वर्षातको भेलले पुल बगाउँदा त्यस यता नरहरिनाथ गाउँपालिका भित्रका पाँच वडाका नागरिकलाई सास्ती भइरहेको छ । रहगाडखोलाको झोलुङ्गे पुल नबन्दा स्थानीयवासीलाई वर्षातको समयमा निकै सास्ती भइरहेको छ । झोलुङ्गे पुल बनाउन स्थानीय सरकारले चासो नदिँदा आवागमनमा समस्या भएको हो । २०७८ साल असोजमा आएको बाढी सँगैको पहिरोले झोलुङ्गे पुल बगाएपछि कुनै निकायले चासो बर्सातको समयमा दैनिक नागरिकले सास्ती पाई रहेका छन् । नरहरिनाथ गाउँपालिका वडा नं १ का पूर्व जिल्ला विकास समितिका सदस्य कटकबहादुर विष्टले समयमा पुल नबन्दा निकै समस्या भइरहेको बताउनुभयो ।

झोलुङ्गे पुल बनाउनका लागि प्रत्येक वर्ष बजेट आएको सुन्छु’, उहाँले भन्नुभयो पुल भत्किएको लामो समयमा कुनै निकायले चासो नदिँदा अहिले लालु, माल्कोट र कोटवाडा गाउँको आवतजावतमा समस्या भएको छ । झोलुङ्गे पुल नहुँदा हिउँदमा खासै समस्या नभए पनि वर्षायाममा खोलाको पानीको बहाव बढ्ने र आवतजावतमा समस्या हुने विष्टको भनाई छ । नरहरिनाथ गाउँपालिका वडा नं ८ का प्रकाश विष्टले पुल नहुँदा कहिले मानवीय क्षति हुन्छ भन्ने त्रास रहेको बताउनुभयो । उहाँले पुल बनाउने योजना गाउँपालिकाले लेखि पठाएर पनि माथिल्लो निकायले नसुनेको हो या सुनेर पनि दुर्गममा ध्यान नदिएको हो भन्ने यकिन हुन नसकेको बताउनुभयो । यस पुलवाट छिमेकी स्थानीय तह सान्नीत्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका र सुदूरपश्चिम प्रदेशको अछाम जिल्ला आउजाउ गर्ने मुख्य नाका पनि हो । यस पुलका मुख्य सेवाग्राही साबिकको माल्कोट, कोटावाडा र लालु गाउँ विकास समितिका नागरिक हुन । पुल नहुँदा अहिले नन्दादेवी बहुमुखी क्याम्पसमा पढ्न जाने विद्यार्थीलाई समेत समस्या भइरहेको छ ।

नरहरीनाथ गाउँपालिकाका प्रवक्ता तथा वडा नं ९ का अध्यक्ष प्रदीप वोहोराले तिन पटक सम्म पुल निमार्णका लागि उपभोक्ता समिति बन्ने र काम गर्न नसकेका कारणले समयमा पुल बन्न नसकेर बजेट फ्रिज गएको सुनाउनुभयो । उहाँले हेल्पटास नेपालले प्राविधिक सहयोग र गाउँपालिकाको संयुक्त लगानीमा पुल बनाउने भन्दै उपभोक्ता समिति गठन भए पनि काम हुन नसकेको सुनाउनुभयो । प्रवक्ता वोहोराले चालु आर्थिक वर्ष २०८१÷०८२ मा पुलका लागि ५० लाख बजेट विनियोजन गरेकाले तत्काल ठेक्का आव्हान भएर काम सुरु गर्ने बताउनुभयो । हामी पनि निकै लजित भएका छौ । बिभिन्न कारणले पुल तीन पटक सम्म उपभोक्ता समिति बन्ने र काम नभएर बजेट फिर्ता जाने भयो । अव भने यो वर्ष पुल निमार्ण गरिने प्रवक्ता वोहोराले बताउनुभयो । अहिले पुल नहुँदा नागरिकले फलेकको साँघुबाट जोखिमपूर्ण यात्रा गरिरहेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...