स्काइ–वाक टावर सुचारु

Published on

काठमाडौं । चार वर्षअघि निर्माण कार्य सुरु गरिएको धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित भेडेटारमा नवनिर्मित स्काइ–वाक टावर सुचारु भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार त्यसको उद्घाटन गर्नुभएको हो ।

सो टावर धनकुटा र सुनसरीको सिमानामा पर्ने प्रसिद्ध पर्यटकीयस्थल भेडेटारमा निर्माण गरिएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रूम्दाली राईले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री कार्की, पालिका अध्यक्ष राई, धरान उपमहानगरका नगर प्रमुख हर्क साङ्पाङले सामूहिक रूपमा स्काइ–वाकको उद्घाटन गर्नुभयो । सो टावर प्रदेश लगानी प्राधिकरण, धरान उपमहानगरपालिका र साँगुरीगढी गाउँपालिकाको समन्वयमा वन्डर्स एम्युजमेन्ट पार्क प्रालिले करिब २० करोड लगानीमा निर्माण गरेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष राईले बताउनुभयो । उहाँका अनुसार ५० मिटर लम्बाइको सो स्काइ–वाक टावर ‘क्यान्टिलिभर टावर’ मोडलमा निर्माण गरिएको छ ।

एक पटकमा दुई सय जना हिँड्न सकिने स्काइवाक टावरको उचाइ एकसय मिटर र चौडाइ ४ मिटर छ । भेडेटारस्थित चाल्र्स प्वाइन्टमा यसअघि निर्माण गरिएको टावर विस्थापित गरेर सोही स्थानमा स्काइ–वाक निर्माण गरिएको पालिका अध्यक्ष राईको भनाइ छ । भेडेटारमा भारत, पूर्वी तराईसहित विभिन्न स्थानबाट पर्यटकहरू घुम्न आउने गर्छन् । तराई मधेसतिर गर्मी बढेसँगै भेडेटारमा चिसो मौसम हुने भएकाले यहाँ पर्यटकको आगमन बढ्ने गर्छ । अरू बेला पनि सो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चाप हुनेगर्छ । गोरखापत्र

ताजा समाचार

परराष्ट्रमन्त्री राणा र युक्रेनका विदेशमन्त्रीबिच वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा...

१०औँ राष्ट्रिय खेलकुदको मस्कट ‘रेडपान्डा’

काठमाडौँ । कणाली प्रदेशमा आगामी जेठ ३ देखि १० गतेसम्म आयोजना हुने १०औँ राष्ट्रिय...

एक महिनादेखि फोहोर नउठ्दा कावासोती दुर्गन्धित

काठमाडौँ । एक महिनादेखि फोहोर नउठ्दा नवलपुर सदरमुकाम कावासोती दुर्गन्धित बन्दै गएको छ। थुप्रिएको...

परराष्ट्रमन्त्री डा. राणा र मल्दोभाका उपप्रधानमन्त्रीबिच द्विपक्षीय भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मल्दोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइसँग मंगलबार...