स्काइ–वाक टावर सुचारु

Published on

काठमाडौं । चार वर्षअघि निर्माण कार्य सुरु गरिएको धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित भेडेटारमा नवनिर्मित स्काइ–वाक टावर सुचारु भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार त्यसको उद्घाटन गर्नुभएको हो ।

सो टावर धनकुटा र सुनसरीको सिमानामा पर्ने प्रसिद्ध पर्यटकीयस्थल भेडेटारमा निर्माण गरिएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रूम्दाली राईले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री कार्की, पालिका अध्यक्ष राई, धरान उपमहानगरका नगर प्रमुख हर्क साङ्पाङले सामूहिक रूपमा स्काइ–वाकको उद्घाटन गर्नुभयो । सो टावर प्रदेश लगानी प्राधिकरण, धरान उपमहानगरपालिका र साँगुरीगढी गाउँपालिकाको समन्वयमा वन्डर्स एम्युजमेन्ट पार्क प्रालिले करिब २० करोड लगानीमा निर्माण गरेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष राईले बताउनुभयो । उहाँका अनुसार ५० मिटर लम्बाइको सो स्काइ–वाक टावर ‘क्यान्टिलिभर टावर’ मोडलमा निर्माण गरिएको छ ।

एक पटकमा दुई सय जना हिँड्न सकिने स्काइवाक टावरको उचाइ एकसय मिटर र चौडाइ ४ मिटर छ । भेडेटारस्थित चाल्र्स प्वाइन्टमा यसअघि निर्माण गरिएको टावर विस्थापित गरेर सोही स्थानमा स्काइ–वाक निर्माण गरिएको पालिका अध्यक्ष राईको भनाइ छ । भेडेटारमा भारत, पूर्वी तराईसहित विभिन्न स्थानबाट पर्यटकहरू घुम्न आउने गर्छन् । तराई मधेसतिर गर्मी बढेसँगै भेडेटारमा चिसो मौसम हुने भएकाले यहाँ पर्यटकको आगमन बढ्ने गर्छ । अरू बेला पनि सो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चाप हुनेगर्छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...