सुरक्षण मुद्रण केन्द्रको काममा भएन प्रगति

Published on

काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –५ मा सुरक्षण मुद्रण केन्द्र स्थापनाका लागि सरकारले सालबसाली रुपमा केन्द्रका लागि आवश्यक पर्ने मुद्रण उपकरण खरिद गर्दा छापाखाना निर्माणको काममा प्रगति हुन सकेको छैन ।

महालेखापरीक्षकको ६१ औँ बार्षिक प्रतिवेदनमा बहुवर्षीय योजनाको रुपमा बजेट सुनिश्चित नगरी सालबसाली रुपमा खरिद गर्दा छापाखाना निर्माणको काममा प्रगति हुन नसकेको भनिएको छ । सार्वजनिक खरिद नियमावली २०६४ को नियम ७ मा एक वर्षभन्दा बढी अवधिसम्म सञ्चालन हुने योजनाका लागि खरिद गुरुयोजना तयार गर्नुपर्ने व्यवस्था भए पनि सुरक्षण मुद्रण केन्द्रको काममा सो काम नभएको हो । महालेखापरीक्षकको प्रतिवेदनले बजेटको व्यवस्था गरी खरिद योजना स्वीकृत गराई समयमा नै छापाखाना निर्माण कार्य सम्पन्न गर्न सुझाव समेत दिएको छ । केन्द्र स्थापनाका लागि बहुवर्षीय परियोजनाको रुपमा स्वीकृत नभएको अवस्थामा मेसिनरी तथा औजार खरिदमा आर्थिक वर्ष २०७९–८० सम्म दुई अर्ब ८२ करोड छ लाख ३१ हजार रुपियाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

केन्द्रले सुरक्षण मुद्रण छापाखानाको लागि बुहवर्षीय योजनाको रुपमा बजेट सुनिश्चित्ताका लागि भवन निर्माण र मेसिन–उपकरण खरिदका लागि आर्थिक वर्ष २०७७–७८ देखि आव २०७९–८० सम्मका लागि ३३ अर्ब दुई करोड लागत अनुमानसहितको खरिद योजना पेश गरेकोमा आव २०७७ असार २२ मा थप छलफल गर्नुपर्ने गरी मन्त्रीस्तरीय निर्णय भएको थियो । प्रतिवेदनले गत आर्थिक वर्षसम्मको खरिद योजना पेश गरेको बजेटमध्ये दुई अर्ब ८२ करोड रुपियाँ खर्च भएको र अझै ३० अर्ब १९ करोड ९३ लाख ६९ हजारको काम गर्न बाँकी रहेको उल्लेख गर्दै केन्द्रको लागि खरिद भएको मेसिन–उपकरणको उपयोग नहुँदा खर्चको प्रभावकारिता नदेखिएको जनाएको छ । महालेखापरीक्षकको प्रतिवेदनले आर्थिक वर्ष २०७९–८० सम्म न्यून भोल्टेज प्रणालीको स्तरोन्नति, अन्तःशुल्क टिकट छपाइ, वेभ अफसेट मेसिन खरिद, बहुउद्देश्यीय भवनलगायतको सातवटा कामका लागि एक अर्ब ५१ करोड ८७ लाख २६ हजारको ठेक्का लगाएको थियो ।

उक्त कामको लागि लगाएको ठेक्का रकममध्ये ८६ करोड १६ लाख २३ हजार मात्र भएको र ६५ करोड ७१ लाख तीन हजारको काम बाँकी रहेको जनाएको छ । समयमा नै निर्माण तथा खरिद कार्य सम्पन्न नहुँदा केन्द्रको योजनाहरु अधुरो अवस्थामा रहेका छन् । यस्तै, केन्द्रले भवनलगायतको निर्माण कार्य सम्पन्न नहुँदै मेसिन, उपकरण, सवारी खरिद गरेको छ । महालेखाको प्रतिवेदनले मेसिन, उपकरण, औजार उपयोगको सुनिश्चित गरेर मात्र खरिद गर्न सुझाव दिएको छ । केन्द्रको लागि आव २०७९–८० सम्म जेनेरेटर खरिदमा ४८ करोड ७० लाख ६२ हजार, न्यून भोल्टेज प्रणालीमा १५ करोड ७० लाख दुई हजार, अन्तःशुल्क टिकट छपाइमा छ करोड ८४ लाख ४६ हजार, इन्धन ट्याङ्की निर्माणमा १८ करोड ७७ लाख ४६ हजार खर्च गरेको छ ।

त्यस्तै, गाडी खरिदमा तीन करोड दुई लाख ६० हजार, कम्प्युटर प्लटर खरिदमा दुई करोड ४३ लाख ५७ हजार, हाई सेक्युरिटी डिजिटल प्रिन्टर प्रोडक्सन सिस्टम दुई सेट, एक थान डाय कटिङ मेसिन, पाँच वटा स्टोरेज, दुई सर्भरका लागि ७२ करोड ९० लाख ७० हजार रुपियाँ खर्च गरेको छ । भवन निर्माण र घेरावारमा ४६ करोड, ६० लाख ७४ हजार, प्याकेजिङ मेसिनमा १९ करोड ७९ लाख, मूल भवनमा एयर कन्डिसन जडानमा एक करोड ६९ लाख, वेभ अफसेट मेसिनमा ३४ करोड २३ लाख गरी कूल दुई अर्ब ७० करोड ७१ लाख १७ हजार खर्च गरेको छ । प्रतिवेदनले केन्द्रका लागि विभिन्न स्तरका ४२ पद अस्थायी दरबन्दी स्वीकृत भएकोमा पदपूर्ति नभएको, अन्तःशुल्क टिकट छपाइका लागि आन्तरिक राजस्व विभागले सम्झौतामा उल्लेख गरेको शर्तका अतिरिक्त थप शर्त राखेकाले टिकट छपाइको काम हुन नसकेको प्रतिवेदनमा उल्लेख छ । महालेखाको प्रतिवेदनमा अन्तःशुल्क टिकट छपाइका लागि खरिद गरिएका कागज तथा मसी लामो समयसम्म राख्दा ओसका कारण बिग्रने अवस्थामा रहेको र आपूर्तिकर्तालाई पेश्कीवापत दिएको ६ करोड ८४ लाख ४६ हजार रुपियाँ जोखिममा परेको उल्लेख छ ।

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...