दुई हजार रोपनीमा फलफूल बगैँचा स्थापना

Published on

काठमाडौं । तनहुँमा एक वर्षको अवधिमा दुई हजार बढी रोपनी क्षेत्रफलमा फलफूल, लिची, आँप आदिको क्षेत्र विस्तार गरिएको छ । कृषि ज्ञान केन्द्रको सहयोगमा सञ्चालित फलफूल बगैँचा स्थापना तथा विस्तार कार्यक्रमबाट तीन कृषक समूह, २८ कृषि फर्म र एक सहकारीका गरी एक सय ७८ घरधुरी लाभान्वित भएका छन् । यस कार्यक्रमबाट दुई हजार ३६ रोपनी क्षेत्रफलमा सुन्तला जातका फलफूल खेतीको विस्तार भएको कृषि ज्ञान केन्द्र प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिनुभयो । यस कार्यक्रमका लागि आर्थिक वर्ष २०८०÷१ मा ४५ लाख विनियोजन गरिएकामा ३० लाख २५ हजार छ सय २९ खर्च भएको लामिछानेको भनाइ छ । कृषकलाई फलफूल खेतीमा आकर्षित गराउँदै आत्मनिर्भर बनाउन फलफूल बगैँचा स्थापना तथा विस्तारका लागि सहयोग गरिएको लामिछानेले उल्लेख गर्नुभयो ।

कार्यक्रमअन्तर्गत कृषकलाई दुई हजार एक सय १५ कागती बिजु बिरुवा, दुई हजार पाँच सय कलमी बिरुवा, पाँच सय १५ लिची, छ हजार दुई सय ४५ बिजु बिरुवा र नौ सय ८५ कलमी बिरुवा वितरण गरिएको थियो । सात सय ८० निबुवाका बिजु बिरुवा, एभोकाडो दुई सय ९५, आँप एक सय ३०, मेवा चार सय ५०, मेकाडेमिया १०, कटहर १०, केरा दुई हजार आठ सय ७०, जुनार तीन सय ७०, अम्बा दुई सय ५०, सिउँडीफूल एक हजार एक सय ५० गरी १८ हजार छ सय ३५ बिरुवा वितरण गरिएको लामिछानेले बताउनुभयो । कृषक समूहमार्फत पानी तान्ने मोटर पाँच, खाडल खन्ने मेसिन तीन, मिनिटिलर पाँच, स्प्रेयर १४, हजारी चार, डिजिटल तराजु एक, निलोतुथो २५ किलो, कृषि चुन एक सय किलो, हिल ट्याङ्की ६२, गोठे मल ९१ हजार पाँच सय किलो, ठेलागाडा ११, सिकेचर ४३, प्लाष्टिक पोखरी तीन खरिद गरिएको थियो । यसैगरी कार्यालयले फलफूल बगैँचा व्यवस्थापन तथा सुदृढीकरण कार्यक्रम अन्तर्गत कृषकलाई ३८ लाख २१ हजार तीन सय ४१ वितरण गरेको छ । कार्यक्रमका लागि ५२ लाख बजेट रहे पनि ७३ दशमलव ४८ प्रतिशत मात्रै खर्च भएको लामिछानेको भनाइ छ ।

यस कार्यक्रमबाट चार कृषक समूह र ५३ कृषि फार्मका गरी एक सय ५३ घरधुरी लाभान्वित भएका छन् । कार्यक्रमबाट आठ सय ३२ रोपनी क्षेत्रफलमा सुन्तला व्यवस्थापन तथा सुदृढीकरण सम्बन्धि कार्यक्रम सम्पन्न भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यो कार्यक्रमबाट कृषकलाई छ थान पानी तान्ने मोटर, १२ थान स्प्रिङ्कल सिँचाइ, निलोतुथो दुई सय किलो, मिनीटिलर १२, डिजिटल तराजु १२, सिकेचर ४२, प्लास्टिक पोखरी एकलगायत वितरण गरिएको थियो । रासस

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...