सुशासन र अर्थतन्त्र सुधार सरकारको प्राथमिकतामा : सञ्चारमन्त्री गुरुङ

Published on

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को गठबन्धन सरकारको प्राथमिकतामा सुशासन र अर्थतन्त्र सुधार रहेको बताउनुभएको छ ।

गृह जिल्ला लमजुङ आउनुभएका मन्त्री गुरुङले एमाले मध्यनेपाल नगर कमिटिद्वारा उहाँको सम्मानमा आज आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उहाँले यसअघि स्थिर सरकार नहुँदा विकासले अपेक्षाकृत गति लिन नसकेको टिप्पणी गर्नुभयो । उहाँले वर्तमान सरकार सुशासन कायम गर्दै अर्थतन्त्र सुधारमा केन्द्रित हुनेमा जोड दिनुभयो । वर्तमान सरकारप्रति जनताको भरोसा रहेकाले सोहीअनुसार काम गर्ने उहाँको भनाइ थियो । “वर्तमान सरकारलाई असफल हुने छुट छैन, स्थापित पुराना राजनीतिकले नै मुलुकमा देखिका समस्या समाधान गर्नुपर्छ ।” मन्त्री गुरुङले सरकारी विद्यालयमा सूचना प्रविधिको प्रयोग बढाउनुका साथै निःशुल्क इन्टरनेटको सुविधा उपलब्ध गराउने मन्त्रालयको योजना रहेको सुनाउनुभयो । नगर कमिटी अध्यक्ष सुमन श्रेष्ठले मन्त्री गुरुङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभयो । त्यस अवसरमा नगर कमिटिका पदकाधिकारी, कार्यकर्ता र स्थानीयले गुरुङलाई माला र खादाले स्वागत गरेका थिए । रासस

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...