निर्वाचन आयोगको चौथो रणनीतिक योजना,करिब पच्चिस अर्ब खर्च प्रस्ताव

Published on

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन सञ्चालनबाहेक साढे २५ अर्ब रुपियाँभन्दा बढी खर्च गर्ने प्रस्तावसहितको रणनीतिक योजनाको मसौदा तयार गरेको छ । आगामी आवधिक निर्वाचन २०८४ मा हुने छ । आयोगले चौथो रणनीतिक योजना (२०८१\०८२ देखि २०८५\०८६) ले २५ अर्ब ५० करोड ४५ लाख खर्च हुने प्रक्षेपण गरेको हो । आयोगका प्रवक्ता रघुुराम विष्टले थुप्रै कानुन, कार्यविधि, निर्देशिका, तालिम र प्रशिक्षण सञ्चालन गर्नुपर्ने भएकाले रणनीतिक योजना कार्यान्वयन गर्न प्रस्तावित रकम उचित रहेको बताउनुभयो । आयोगले सो अवधिमा पाँच वटा अन्तरनिहित रणनीतिक स्तम्भ, ३२ वटा कार्यनीति र १२९ वटा व्रियाकलाप गर्ने छ । तेस्रो पञ्चवर्षीय रणनीतिक योजना भने पाँच वटा रणनीतिक स्तम्भ र ५३ वटा कार्यनीति समावेश गरी तयार गरिएको थियो । संस्थागत सुदृढीकरण, राजनीतिक दल नियमन, मतदाता नामावली तथा निर्वाचन शिक्षा, प्रविधियुक्त निर्वाचन व्यवस्थापन र समन्वय, साझेदारी र सहकार्य गरी आयोगले पाँच वटा रणनीतिक स्तम्भका आधारमा कार्यनीति तय गरेको हो । रणनीतिक योजनामा आयोगले निर्वाचन आयोगमा छुट्टै सेवारसमूह कायम गर्न अध्ययन गरिने उल्लेख छ ।

रणनीतिक योजना कार्यान्वयनमा वित्तीय स्रोत पर्याप्त मात्रामा उपलब्ध होला भन्न सकिने अवस्था नरहेको आयोग स्वयंले विश्लेषण गरेको छ । आयोगका अनुसार विगत पाँच वर्षका लागि राष्ट्रिय योजना आयोगबाट तर्जुमा गरिने मध्यकालीन खर्च संरचनामा आकलन गरिएको बजेट रकम र निर्वाचन आयोगसँग सहकार्य गरिरहेका अन्तर्राष्ट्रिय दातृ निकायमार्फत उपलब्ध हुन सक्ने वित्तीय तथा प्राविधिक सहायताको न्यूनता र अनिश्चिततासमेतलाई विश्लेषण गर्दा वित्तीय स्रोत पर्याप्त मात्रामा उपलब्ध होला भन्न सकिने अवस्था छैन । रणनीतिक योजनामा कानुन तर्जुमा, कार्यविधि तथा नियमावली बनाउन, अध्ययन तथा सर्वेक्षण, पूर्वाधार निर्माण, तालिम तथा कार्यशाला आयोजना गर्ने, मतदाता नामावली दर्ता तथा अद्यावधिक र मतदाता शिक्षा कार्यक्रम र साइबर सुरक्षा तथा पूर्वाधार निर्माण शीर्षक अन्तर्गत बजेट प्रस्ताव गरिएको छ । सो अवधिमा कानुन तर्जुमा, कार्यविधि तथा नियमावली बनाउन आयोगले करिब १० करोड खर्च हुने जनाएको छ ।

साइबर सुरक्षा, सुरक्षा पूर्वाधार तथा नेटवर्किङलगायतका शीर्षकमा करिब एक अर्ब खर्च हुने प्रक्षेपण गरिएको छ । आयोगको सूचना प्रणाली भरपर्दो देखिएको छैन । निर्वाचनकै समयमा समेत एकीकृत तथ्याङ्क तयार गर्न तथा जिल्लाबाट आएको सूचना व्यवस्थित गर्न आयोगलाई करिब एक साता लागेको थियो । तालिम तथा प्रशिक्षणमा करिब एक अर्ब २२ करोड खर्च हुने आयोगको अनुमान छ । मतदाता नामावली अद्यावधिक तथा निर्वाचन शिक्षा कार्यव्रmमका लागि आयोगले करिब ४७ करोड खर्च हुने उल्लेख गरेको छ । निर्वाचन व्यवस्थापनसम्बन्धी कानुनको एकीकृत मसौदामा भने आयोगले निर्वाचन शिक्षा र मतदाता नामावली अद्यावधिक कार्यव्रmम स्थानीय तहबाट सञ्चालन गर्ने व्यवस्था गरेको छ । रणनीतिक योजनामा प्रदेशमा भण्डारण गृह र भवन निर्माणका लागि एक अर्ब प्रस्ताव गरेको छ । केन्द्रीय कार्यालय रहेको बहादुर भवनसमेत प्रबलीकरण गर्नुपर्ने आयोगले बताउँदै आएको छ । त्यसका लागि करिब एक अर्ब प्रस्ताव गरिएको छ । आयोगका प्रवक्ता विष्टले भन्नुभयो, “प्रबलीकरण तथा भण्डार गृह निर्माण जस्ता पूर्वाधारमा समेत बजेट छुट्याइएको छ । यसले भार बढेको हुन सक्छ ।”

नीतिगत कानुनी, संस्थागत एवं प्रविधिगत सुधार गरी निर्वाचन आयोगलाई सुदृढ बनाउने, निर्वाचन व्यवस्थापनका सबै चरण र प्रव्रिmयामा समावेशी सहभागिता बढाउने र निर्वाचन शिक्षालाई व्यापक बनाई मतदाता सहभागिता र सदर मत प्रतिशत बढाउने रणनीतिक योजनाको लक्ष्य छ । कार्यनीतिमा आयोगले निर्वाचनमा दललाई राज्यबाटै निर्वाचन खर्च उपलब्ध गराउने, संविधानप्रदत्त स्वायत्तता प्रवर्धन हुने गरी आयोग र अन्तर्गतका निकायको सङ्गठनात्मक पुनर्संरचना गर्ने, विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्ने जस्ता विषयलाई प्राथमिकता दिएको छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...