विभागको पत्र अनुसार प्रणालीमा दर्ता खुलेन

Published on

काठमाडौं । राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले परिचय पत्र नम्बर नभए पनि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नु भन्ने सूचना जारी गरे पनि विभागको दर्ता प्रणालीमा परिचय पत्र नराखी नवीकरण नहुने भएको छ ।

विभागले साउन ७ गते एक सूचना जारी गरी सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नेपाली नागरिकलाई वर्षाको समयमा राष्ट्रिय परिचयपत्र बनाउन असम्भव भएकाले भत्ता पाउने प्रयोजनका लागि हाललाई अनिवार्य नगर्ने भनिसकेको छ । अहिले पालिकाहरुले भत्ता नवीकरण शिविर चलाइरहेका छन् विभागको प्रणालीमा नवीकरण नभएपछि ज्येष्ठ परिचयपत्र बनाउन प्रशासन कार्यालयमा आउनेको नागरिकहरुको भिड घटेको छैन । इलाका प्रशासन कार्यालय टीकापुरको राष्ट्रिय परिचय पत्र शाखाका प्रमुख राजन रेग्मीका अनुसार परिचय पत्रका लागि फोटो खिचाउन दैनिक ३०० जना बोलाउने गरिएको र साउन १३ गते आएका सेवाग्राहीलाई भदौ २६ गतेसम्मका लागि पालो दिइएको छ ।

विभागले सूचनामा त्यसो भनेता पनि दर्ता प्रणालीमा भने राष्ट्रिय परिचय पत्र नम्बर नराखेसम्म सामाजिक सुरक्षा भत्ता नवीकरणको प्रक्रिया अघि बढ्दैन,ू टीकापुर नगरपालिकालको पञ्चिकरण शाखा प्रमुख चेतबहादुर बोहोराले भन्नुभयो, वडावडामा नवीकरण शिविर चलेकाले सेवाग्राही आउछन् भदौ ६ गतेपछि कार्यालयमा आउनुहोला भनी फिर्ता गरिरहेका छौं । बालबालिका, अपांगता भएका र ९० वर्ष माथिका ज्येष्ठ नागरिककहरुको भने परिचय पत्र नम्बर नहुँदा पनि नवीकरण भैरहेको छ । बीचैमा सिस्टम खुलेका भर्दै जाने र नखुले शिविरहरु सकिएपछि कार्यालयमै बोलाएर भत्ता नवीकरण गरिने बोहोरा बताउनुहुन्छ ।

परिचय पत्र नम्बर नचाहिने थाहा पाएर सेवाग्राही आइरहेका छन् । जानकी गाउँपालिका–८ का वडाध्यक्ष तीर्थराज उपाध्याय अहिले नम्बर भएकाको मात्रै हुन्छ यो सकिएपछि विभागको साइटमा नवीकरण खुलेपछि वा वडाले सूचना गरेपछि आउनु भनेर फर्काउने गरेको बताउनुहुन्छ भने जानकी–९ का कार्यवहाक वडाध्यक्ष कल्पना खडका सरकारले नवीकरण गर्नु भन्छ यताबाट किन हुदैन भनी केही सेवाग्राही झर्किने गरेको बताउनुहुन्छ । परिचय पत्र बनाउन नागरिकता चाहिने र पुराना झुत्रा नागरिकताहरुको प्रतिलिपि लिनुपर्ने भएकाले नागरिकता लिनेको पनि भिड छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...