खोप्रा लेकमा चौरीको रगत पिउने मेला

Published on

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका(५, शिख स्थित पर्यटकीय स्थल खोप्रा लेकमा चौरी गाईको आलो रगत पिउने मेला चलेको छ । समुन्द्री सतहदेखि तीन हजार छ सय ६० मिटर उचाईमा अवस्थित खोप्रा लेकमा नाङ्गीगाउँ पाउद्धार संयुक्त चौरीपालक कृषक समूहको आयोजनामा साउन ११ गतेदेखि सञ्चालित आलो रगत पिउने मेलामा सर्वसाधारणको आकर्षण बढेको छ ।

शुक्रबारदेखि सञ्चालित मेलामा दैनिक करिब दुई सय गिलास आलो रगत बिक्री हुने गरेको वडा अध्यक्ष राजेश तिलिजा पुनले जानकारी दिनुभयो । उहाँका अनुसार सोही वडा शिखको लरेनी, खोप्रा लेक र बयलीखर्कमा हरेक बर्षको साउन र फागुन महिनामा चौरी गाईको आलो रगत पिउने मेला लाग्छ । खोप्रा लेकमा मेला १५ गतेसम्म सञ्चालन हुनेछ । मेलामा हिमाली क्षेत्रको यार्सागुम्बा, जटामसि, निरमसी, पाँचऔले लगायतका जडिबुटी पाईने चरनमा चरेका चौरीगाईको आलो रगत बिक्री हुन्छ ।चौरी गाईको आलो रगत पिएमा विभिन्न रोग निको हुनुका साथै शारिरीक स्फुर्ती बढ्ने विश्वासले खोप्रा लेक आएको घोडेपानीका रणबहादुर पुनले बताउनुभयो । चौरीको रगत पिएर परम्परागत विधिबाट उचार गराएको हेर्नकै लागी चौरी मेलामा पुग्नेहरुको सङ्ख्या पनि बढ्दो छ । स्थानीय शिखका गणेश गुरुङका अनुसार ग्यास्ट्रिक, गानोगोला, बाथ, शारीरीक कमजोरी र हाडजोर्नी सम्बन्धि रोग निको हुनका साथै शारिरीक स्फुर्ती बढ्ने चौरीको रगत पिउन म्याग्दी, बागलुङ, पर्वत, कास्की, काठमाडौं लगायत ठाउँबाट खोप्रा लेक पुग्ने गर्छन् ।

चौरी गाईको घाँटीबाट रगत निकालिने र ठाडो घाँटी लगाएर सनक्कै रगत पिएको फरक प्रकृतिको मेलाको दृष्य अवलोकनका लागि मेला स्थल पुग्ने पनि उत्तिकै भेटिन्छन् । तालिमप्राप्त आम्चीले चौरी गाईका घाँटीमा बिशेष प्रकारको छुराले कोपेर रगत निकाल्ने गर्दछन् । एउटा चौरी गाईको शरीरबाट २० देखि २५ गिलासम्म रगत निकाल्दा समेत चौरी गाईको स्वास्थ्यमा कुनै असर नपर्ने बताइन्छ । प्रतिगिलास एक सय ५० रुपियाँका दरले चौरीगाईको आलो रगत बिक्री हुने गरेको छ । यसरी भएको आम्दानीले वडा नम्बर ८ नाङ्गी स्थित हिमाञ्चल उच्च मावि र पाउद्धार मावि सञ्चालनमा प्रयोग हुने गरेको नाङ्गी पाउद्धार संयुक्त चौरीपालन समितिका सचिव भविन पाइजाले बताउनुभयो । चौरीको रगत र मासु विक्रीबाट बार्षिक हुने आम्दानी र खोप्रामा नै रहेको समुदायीक लजबाट हुने आम्दानीले दुई विद्यालयका निजी स्रोतका शिक्षकको तलवभत्ता, विद्यालयको भौतिक पूर्वाधार मर्मत, शैक्षिक साम्रागी खरिदका साथै विद्यार्थीको शैक्षिक क्षमता विकास सम्बन्धि विभिन्न गतिविधिमा खर्च गरिएको छ । करिब १६० चौरी गाईबाट रगत लिकालिनेछ ।

जाडोयाममा खोप्रा लरेनी र जलजलामा र बर्खायाममा हिमालको काखमा लगेर चौरीलाई घुमन्ते शैलीमा हेरालुमार्फत पालिँदै आएको छ । खोप्रा लेक क्षेत्रमा २०५३ सालमा डा।महावीर पुनको नेतृत्वमा मुस्ताङबाट ल्याएर चौरीपालन सुरु गरिएको थियो । खोप्रा लेकबाट मनास्लु, माछापुच्छ्रे, अन्नपूर्ण, निलगिरी,धौलागिरी,गुर्जा लगायतका दर्जनौ हिमशृङखलालाई नजिकबाट अवलोकन गर्न सकिने वडा अध्यक्ष तिलिजाले बताउनुभयो । गोरखापत्र

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...