तीन ग्यालरीमा कला प्रदर्शनी जारी

Published on

काठमाडौं । काठमाडौँका विभिन्न आर्ट ग्यालरीमा चित्रकला प्रदर्शनी भइरहेका छन् । बबरमहलस्थित नेपाल कला परिषदमा कलाकार प्रियम प्रधान र उहाँको समूह मिलेर बनाएका सिर्जना प्रदर्शन गरिएका हुन् । उहाँको कला प्रदर्शनीको शीर्षक ‘रास लीला स् द डिभाइन डान्स’ राखिएको छ । शीर्षकअनुसार कलामार्फत महाभारतमा समकालीन कथाहरू प्रस्तुत गरिएका छन् । मूर्तिकला, प्रतिस्थापन कला, चित्रकला, कपडाहरू, सङ्गीत र लघु चलचित्रका माध्यम अपनाएर महाभारतको प्राचीन दर्शन बुझाउन खोजिएको कलाकार प्रधान बताउनुहुन्छ । उहाँका अनुसार प्रदर्शनीको मुख्य उद्देश्य वैदिक दर्शनका कथा र ग्रन्थ प्रयोग गरी युवा वर्गमा यसको महत्त्व जगाउनु हो ।

बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा काठमाडौँ विश्वविद्यालयका विद्यार्थीले सिर्जना गरेका प्रिन्ट मेकिङ कला प्रदर्शन गरिएका छन् । जसको शीर्षक नै राखिएको छ, ‘इम्प्रिन्टस’ । ललितपुरस्थित एक्युब ग्यालरीमा भने आइतबारदेखि अमेरिकी कलाकार फिल रोविन्सनको एकल चित्रकला प्रदर्शन सुरु भएको छ । ‘नेपाल कहाँ छ रु’ शीर्षकमा उहाँले कोरेका चित्रकलामा कलाको सौन्दर्य वर्णन गर्नुका साथै अवस्था चित्रण गरिएको छ । कलाकारले नेपाल घुमेर महसुस गरेका दृश्यलाई क्यानभासमा उतार्नुभएको हो । ग्यालरीका प्रमुख मनिषलाल श्रेष्ठका अनुसार विदेशी कलाकारको नजरमा नेपाल कला नै कलाले भरिएको देश मानिन्छ । त्यसैले चित्रमार्फत नेपाल सुन्दरता र कला कहाँ कति छ नियाल्ने काम अमेरिकी कलाकार रोविन्सनले गर्नुभएको उहाँले बताउनुभयो । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...