बबियाबाट एक सय १५ किलो गाँजा बरामद

Published on

काठमाडौं । सुनसरीको इनरुवा नगरपालिका ९ बबियाबाट १ सय १५।७ किलो गाँजा बरामद भएको छ । सशस्त्र प्रहरी बल नम्बर ४ गण हेड क्वाटर सुनसरीको टोलीले चेकजाँचको क्रममा गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

विशेष सुराकीका आधारमा सशस्त्र प्रहरीले बबिया चोकमा प्रदेश १–०२–००२ च ६८८३ नम्बरको टाटा सफारी गाडी चेकजाँच गरेको थियो । सो क्रममा गाडीमा लुकाइएको उक्त परिमाणको गाजा फेला परेको हो । गाँजासँगै गाडीमा सवार धनकुटा साँघुरीगढीका ३२ वर्षीय रामकुमार राई र सोही स्थानका २२ वर्षीय बुद्ध लिम्बस्लाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नम्बर ४ गणले जनाएको छ । भारतीय सीमातर्फ लैजाने क्रममा बरामद गाँजासहित ओसारपसारमा प्रयोग गरिएको गाडी र नियन्त्रणमा लिइएका व्यक्तिलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाइएको नम्बर ४ गणले जनाएको छ ।

त्यसैगरी देवानगञ्ज गाउँपालिका ५ बाट भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित ६ किलो गाँजा र भोक्राहा नरसिंह गाउँपालिका ८ बाट साइकलसहित ६ किलो गाँजा बरामद भएको सशस्त्र प्रहरी नम्बर ४ गण हेडक्वाटर सुनसरीले जनाएको छ । पछिल्लो समय चेकजाँच र निगरानी बढाइएसँगै गाँजा लगायत तस्करीका सरसामान बरामद हुने क्रम बढेको छ । यता जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाएको गाँजा र पक्राउ परेका व्यक्तिहरुको विषयमा छानबिन भइरहेको प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । पक्राउ परेका गाँजा तस्करहरुलाई सोमबार सुनसरी जिल्ला अदालतमा भ्याद थप गरी अनुसन्धान थालिएको भण्डारीले जानकारी दिनुभयो । गोरखापत्र

ताजा समाचार

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...

ढल्केबर-बारा प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबिचको विद्युत् व्यापार...