भारतमा पहिरोमा परी ४५ जनाको मृत्यु

Published on

काठमाडौं । भारतमा भारी मनसुनी वर्षाले निम्त्याएको पहिरोमा परी कम्तीमा ४५ जनाको मृत्यु हुनुका साथै सयौँभन्दा बढी पहिरोमा फसेको आशङ्का गरिएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । भारतको दक्षिणी तटीय राज्य केरलामा वर्षाका कारण वायनाड जिल्लास्थित घटनास्थलको प्रमुख पुल भत्किएकाले उद्धार कार्यमा बाधा पुगेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । केरला राज्यकी स्वास्थ्यमन्त्री रीना जर्जले समाचार तयार पार्दासम्म विभिन्न अस्पतालमा ४५ वटा शव प्राप्त गरेको बताउँदै घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रेस ट्रस्ट अफ इन्डिया समाचार एजेन्सीलाई बताउनुभयो । भारतीय सेनाले खोज तथा उद्धार कार्यका लागि यस क्षेत्रमा २०० भन्दा बढी सैनिक तैनाथ गरेको जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा केरला सरकारलाई विपद्को अवस्थामा सम्भावित सबै सहयोग गर्ने आश्वासन दिनुभएको छ । उहाँले घटनाप्रति दुखः व्यक्त गदै मृत आत्माको चिर शान्तिको कामना तथा परिवार जनमा समवेदना प्रकट गर्नुभएको छ । केरलामा मङ्गलबार थप वर्षाका साथै तीव्र हावाहुरीको पूर्वानुमान गरिएको राज्यको विपद् व्यवस्थापन एजेन्सीले जनाएको छ । रासस\एएफपी

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...