सर्पका बिरामी बढे, छैनन् चिकित्सक

Published on

काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिका –७ निवासी ३७ बर्षिया सम्झना थापा बिषालु गोमन सर्पको टोकाइबाट बिरामी भएर स्थानीय दुधौली नगर अस्पतालमा भर्ना भइ उपचार गराइरहनुभएको छ । अस्पतालका अनुसार घरमा राति सुतेर उठ्दा मङगलबार बिहान साढे ५ बजेतिर घरको काम गर्न बाहिर–भित्र गर्नेक्रममा करेसामा गरेको ढलानको चेपमा लुकेर बसेको गोमन सर्पले उहाँको खुट्टामा टोकेर बिरामी बनाएको थियो । अहिले उहाँको स्वास्थ्यमा सुधार हुदैआएको छ । उहाँको उपचारमा संलग्न आस्पतालका चिकित्सक (एमडिजिपी) सुमनसिं कार्कीले बिरामी थापालाई २० भाएल एन्टिस्नेक भेनम औषधी चलाएर उपचार गरिरहनुभएको छ । उहाँको स्वास्थ्यमा सुधार हुँदैआएको जानकारी उहाँले दिनुभयो । उक्त अस्पतालमा अहिले दैनिक बिषालु बाहेक अन्य सर्पले टोकेका चार–पाँच जना बिरामीलाई इमर्जेन्सीमा राखेर उपचार गरिरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सर्पले टोकेका बिरामीलाई उपचार गर्न नगरपालिकाले सहयोग गरिरहेको छ । अस्ति भर्खरै पनि सर्पले टोकेको २ बर्षको बालिकालाई यहाँ उपचार सम्भव नभएपछि भेन्टिलेटरमा राखेर धरान लगेर उपचार गरिएको थियो । सबै खर्च नगरपालिकाले व्यहोरेर सहयोग गरेको छ ।’ त्यसो त दुधौली नगर अस्पतालमा सर्पले टेकेका बिरामीको उपचार गर्ने बिशेषज्ञ चिकित्सक छैनन् । त्यस्ता बिरामीको उपचार गर्न सम्बन्धित बिशेषज्ञ चिकित्सक अस्पतालमा नभएपछि कार्यरत एमडिजिपी चिकित्सक कार्कीलाई नै नगरपालिकाले सर्पले टोकेका बिरामीको उपचार गर्ने तालिम दिलाएर काम चलाएको स्थानीयले बताएका छन् । त्यस्तै, दुधौली नगरपालिका –५ निवासी नरबहादुर पुलामीको दुई बर्षिया छोरीलाई पनि केही दिनअघि घरको जाँतोको छेउमा मुसाको प्वालमा साँझपख हात हाल्ने क्रममा गोमन सर्पले डसेर घाइते बनाएको थियो । सर्पको टोकाइले बेहोस बिरामी बालीकालाई दुधौली नगर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि धरान लगेर उपचार गरिएको अभिभावक नरबहादुर पुलामीले जानकारी दिनुभयो ।

हरेक बर्ष गर्मी मौसमको सुरुसँगै असोज–कात्तिक महिनासम्म दुधौली नगरपालिका सहित कमलाखुँज क्षेत्रका बासिन्दा गोमन र करेतजस्ता बिषालु सर्पको बिगबिगिबाट त्रसित हुने गरेका छन् । त्यस क्षेत्रमा बिषालु सर्प दंशका विरामीको उपचारका लागि सर्पसम्बन्धि बिषेशज्ञ चिकित्सक नहुँदा समस्या हुँदैआएको उहाँको भनाइ छ । दुधौली नगर अस्पताल व्यवस्थापन समितिका सदस्य अर्जुन कार्कीले यो बर्ष मात्र गर्मी मौसमको सुरु भएसँगै अस्पतालले सर्पले टोकेका २५ जनाभन्दा बढी बिरामीको उपचार गरेको र पाँच जना गोमन र करेतजस्ता बिषालु सर्पले टोकेको बिरामी रहेको जानकारी दिनुभयो । गत बर्ष दुधौली नगरपालिकामा गर्मी मौसममा सर्पको टोकाइबाट ४६४ जना बिरामी भएका र ती मध्ये चार जनाको ज्यान गएको थियो । जिल्लाका नौ वटा स्थानीय तहमध्ये दुधौली नगरपालिका बिषालु सर्पको जोखिम क्षेत्र मानिन्छ । दुधौली नगरपालिकाका उप–मेयर चन्द्रकिशोर थारुले सर्पले टोकेका बिरामीको सम्पूर्ण उपचार खर्च र चिकित्सकको तलब सबै नगरपालिकाले व्यहोर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नगर अस्पतालमा सर्पको टोकाइसम्बन्धि उपचार गर्ने बिशेषज्ञ चिकित्सक नभए पनि कार्यरत चिकित्सकलाई त्यससम्बन्धि तालिम दिएर काम चलाएका छौं ।’ गोरखापत्र

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...