बाँकेमा ट्राफिक नियम उल्लङ्घनमा कमी

Published on

काठमाडौं । पश्चिम नेपालको केन्द्र बाँके जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने क्रम विगतको तुलनामा उल्लेख्य मात्रामा घटेको देखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले आर्थिक वर्ष २०८०\८१ मा ट्राफिक नियम उल्लङ्घन गर्ने ३३ हजार बढी सवारी साधनलाई कारबाही गरेको तथ्याङ्क सार्वजनिक गर्दै अघिल्लो आर्थिक वर्ष २०७९\८० मा ४३ हजार ८४० वटा सवारी साधनलाई कारवाही गरेको जनाएको छ । यो तथ्याङ्कले नै अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा १० हजार भन्दा कम सवारी साधनले ट्राफिक नियम उल्लङ्घन गरेको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८०\८१ मा ट्राफिक नियम उल्लङ्घन गर्ने ३३ हजार ९१३ वटा सवारीसाधनलाई कारबाही गरिएको हो । ती सवारी साधनहरुलाई कारबाही गरेर दुई करोड ६५ लाख ७६ हजार ५०० रूपियाँ जरिवाना असु्ल गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक गोपीकृष्ण सुवेदीले जिल्लामा आर्थिक वर्ष २०७९\८० मा ट्राफिक प्रहरीले ४३ हजार ८४० वटा सवारी साधनलाई कारबाही गरेको बताउनुभयोे । उक्त कारबाहीबाट ट्राफिक प्रहरीले २ करोड ६१ लाख ९७ हजार जरिवाना असुल गरिएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७८-७९ मा ट्राफिक प्रहरीले बाँकेमा ३९ हजार ८४५ वटा सवारीसाधनलाई ट्राफिक नियम उल्लङ्घन गरेकोमा कारबाही गरेको थियो । सो आर्थिक वर्षमा ट्राफिक प्रहरीले २ करोड २५ लाख ६७ हजार ५०० रूपियाँ जरिवाना असुल गरेको थियो । ट्राफिक प्रहरीले जिल्लाका विभिन्न स्थानमा दैनिक रुपमा ट्राफिक नियम सम्बन्धि सचेतना अभियान सञ्चाल गर्दै आएको र नियमित चेकजाँचको कार्य गर्दै आएकोले ट्राफिक नियम उल्लङ्घनका घटनाहरुमा उल्लेखनीय रुपमा कमी आएको बाँकेका ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक सुवेदीको भनाइ छ । उहाँले विशेषगरि महेन्द्र राजमार्ग, रत्नराजमार्ग, नेपालगन्ज कोहलपुर सडकखण्ड र जिल्लाका अन्य विभिन्न स्थानमा दैनिकसजो ट्राफिक सचेतनाका कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । सो क्रममा विभिन्न सवारी साधनका चालकहरुलाई रोकेर भेला गरि ट्राफिक नियमका बारेमा जानकारी गराई ट्राफिक नियम उल्लङ्घन नगर्न आग्रह गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ । गोरखापत्र

ताजा समाचार

महायज्ञ सफल बनाउन दिपक मरिकलाई उठिवास

काठमाडौँ । सिरहाको औरही गाउँपालिका-५ मा विष्णु महायज्ञ लगाउन सार्वजनिक स्थलमा बस्दै आइरहनुभएका दलित...

मेरुङमा भेटियो दुर्लभ रेडपाण्डा

काठमाडौँ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका सामुदायिक वन क्षेत्रमा विश्वमा दुर्लभ मानिएको रेडपाण्डा...

नेपाल–भारत मित्रता : नयाँ आयाम दिन सहमति

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा र भारतीय विदेशमन्त्री डा. एस जयशङ्करबिच दुई देशको...

त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

काठमाडौँ । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानको काम समयमै...