बाँकेमा ट्राफिक नियम उल्लङ्घनमा कमी

Published on

काठमाडौं । पश्चिम नेपालको केन्द्र बाँके जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने क्रम विगतको तुलनामा उल्लेख्य मात्रामा घटेको देखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले आर्थिक वर्ष २०८०\८१ मा ट्राफिक नियम उल्लङ्घन गर्ने ३३ हजार बढी सवारी साधनलाई कारबाही गरेको तथ्याङ्क सार्वजनिक गर्दै अघिल्लो आर्थिक वर्ष २०७९\८० मा ४३ हजार ८४० वटा सवारी साधनलाई कारवाही गरेको जनाएको छ । यो तथ्याङ्कले नै अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा १० हजार भन्दा कम सवारी साधनले ट्राफिक नियम उल्लङ्घन गरेको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८०\८१ मा ट्राफिक नियम उल्लङ्घन गर्ने ३३ हजार ९१३ वटा सवारीसाधनलाई कारबाही गरिएको हो । ती सवारी साधनहरुलाई कारबाही गरेर दुई करोड ६५ लाख ७६ हजार ५०० रूपियाँ जरिवाना असु्ल गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक गोपीकृष्ण सुवेदीले जिल्लामा आर्थिक वर्ष २०७९\८० मा ट्राफिक प्रहरीले ४३ हजार ८४० वटा सवारी साधनलाई कारबाही गरेको बताउनुभयोे । उक्त कारबाहीबाट ट्राफिक प्रहरीले २ करोड ६१ लाख ९७ हजार जरिवाना असुल गरिएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७८-७९ मा ट्राफिक प्रहरीले बाँकेमा ३९ हजार ८४५ वटा सवारीसाधनलाई ट्राफिक नियम उल्लङ्घन गरेकोमा कारबाही गरेको थियो । सो आर्थिक वर्षमा ट्राफिक प्रहरीले २ करोड २५ लाख ६७ हजार ५०० रूपियाँ जरिवाना असुल गरेको थियो । ट्राफिक प्रहरीले जिल्लाका विभिन्न स्थानमा दैनिक रुपमा ट्राफिक नियम सम्बन्धि सचेतना अभियान सञ्चाल गर्दै आएको र नियमित चेकजाँचको कार्य गर्दै आएकोले ट्राफिक नियम उल्लङ्घनका घटनाहरुमा उल्लेखनीय रुपमा कमी आएको बाँकेका ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक सुवेदीको भनाइ छ । उहाँले विशेषगरि महेन्द्र राजमार्ग, रत्नराजमार्ग, नेपालगन्ज कोहलपुर सडकखण्ड र जिल्लाका अन्य विभिन्न स्थानमा दैनिकसजो ट्राफिक सचेतनाका कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । सो क्रममा विभिन्न सवारी साधनका चालकहरुलाई रोकेर भेला गरि ट्राफिक नियमका बारेमा जानकारी गराई ट्राफिक नियम उल्लङ्घन नगर्न आग्रह गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...