दस वटा पक्की पुल निर्माण

Published on

काठमाडौं । सिन्धुली जिल्लाका विभिन्न ग्रामीण सडकमा पर्ने खोलाहरूमा बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा हालसम्म १० वटा पक्की पुल निर्माण भएका छन् । जिल्लाका विभिन्न खोला तथा नदीमा निर्माणाधीन १२ वटा पक्की पुलमध्ये गत आर्थिक वर्ष २०८०\८१ को असार मसान्तसम्म १० वटा पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको पूर्वाधार विकास कार्यालय सिन्धुलीले जनाएको छ । सो कार्यालयका अनुसार गत आव २०८०\८१ मा मात्रै तीन वटा पक्की पुल निर्माण सम्पन्न भयो । कमलामाई नगरपालिका–५ र ६ लाई जोड्ने ग्वाङ्खोला कारागार पुल, हरिहरपुरगढी–७ मा क्यानखोला पुल र दुधौली नगरपालिकाको बटाहा–फेदी पित्लेभन्ज्याङ सडक अन्तर्गत फेदी कुमराह पुल सम्पन्न भएका हुन् । कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर हेमन्त बजगाईंले बाँकी निर्माणाधीन हरिहरपुरगढी गाउँपालिका–२ र ४ लाई जोड्ने मरिणखोला पुल र सुनकोशी गाउँपालिका–७ को आरुबोटेखोला पुल चालु आव २०८१\८२ को असार मसान्तसम्म सकिने जानकारी दिनुभयो ।

आव २०८०\८१ मा सम्पन्न तीन वटा पक्की पुलमध्ये ८० मिटर लम्बाइको क्यानखोला पुल आठ करोड ५३ लाख पाँच हजार पाँच सय रुपियाँ लागतमा रसुवा इलाइट जेभी निर्माण कम्पनीले सम्पन्न गरेको हो । उक्त पुल निर्माणका लागि २०७७ असार २९ गते निर्माण कम्पनीसँग सम्झौता भएको उहाँले जानकारी दिनुभयो । त्यस्तै ३० मिटर लम्बाइको ग्वाङखोला कारागार पुल पाँच करोड ४१ लाख ९५ हजार ७७५ रुपियाँको लागतमा केएस देवीरमण जेभीले निर्माण सम्पन्न गरेको हो । उक्त पुल निर्माणका लागि निर्माण कम्पनीसँग २०७५ भदौ २५ गते सम्झौता गरी काम सुरु गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दुधौली नगरपालिकाको बटाहा–फेदी पित्लेभन्ज्याङ सडक अन्तर्गत फेदी कुमराह पुल तामाङ मरिण कन्स्ट्रक्सन निर्माण कम्पनीले तीन करोड ९६ लाख ८७ हजार रुपियाँको लागतमा सम्पन्न गरेको हो । उक्त पुल २०७९ असारमा सम्झौता गरी निर्माण सुरु गरिएको थियो । गत वर्ष असारसम्म सात वटा र यो वर्ष तीन वटा गरी हालसम्म १० वटा पक्की पुल निर्माण सम्पन्न भएका हुन् । निर्माण सम्पन्न भई सञ्चालन भएका अन्य पुलमा कमलामाई नगरपालिकाको मधुटार–ग्वाङखोला पुल, कमलामाई नगरपालिकाकै गँड्यौलीखोला पुल, तीनपाटन गाउँपालिकाको लङ्गुरखोला पुल, फिक्कल गाउँपालिकाको वाक्सुखोला पुल र सुनकोशी गाउँपालिकाको धोबीखोला पुल हुन् । कमलामाई नगरपालिका–९ र १० जोड्ने कमला नदी पुल र कमलामाई नगरपालिकाकै लुङ्गेलीटार बौलाखोला पुल रहेका कार्यालयले जनाएको छ ।

गत आव २०८०\८१ मा नै जिल्लाको विभिन्न स्थानमा आवतजावत गर्ने अत्यावश्यक सडकमा पर्ने खोलाहरूमा छ वटा नयाँ पक्की पुल निर्माणका लागि डिपिआर तयार गरी ठेक्का लागिसकेको छ । ठेक्का लागेका नयाँ पक्की पुलमा गोलन्जोर गाउँपालिकामा बारा–घोक्सिला पुल, घ्याङलेख गाउँपालिकामा तामाजोरखोला पुल, टाँडीखोला पुल, सुनकोशी गाउँपालिका–५ मा भोटेखोला पुल, कमलामाई नगरपालिका–२ मा चियाबारी–केवरे सडक अन्तर्गत ग्वाङ्खोला पुल र कमलामाई नगरपालिका–४ मा नै ग्वाङ्खोला पुल छन् । बारा–घोक्सिला पुलको निर्माण अवधि डेढ वर्ष रहेको र बाँकी अरू पुलको निर्माण अवधि एक वर्ष रहेको कार्यालयले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...