कर्णाली कोरिडोरको सर्केगार्ड खार्पुनाथ सडक २७ दिनपछि सुचारु

Published on

काठमाडौं । कर्णाली कोरिडोरको हुम्ला खण्डको सर्केगार्डदेखि खार्पुनाथ गाउँपालिका(५ को खार्पुसम्मको सडक अवरुद्ध भएको २७ दिनपछि सुचारु भएको छ । अवरुद्ध सडकलाई लालीवगरदेखि दुल्लीकुनासम्म सडक निर्माणको काम गर्दै आएको नेपाली सेनाले भत्केको सडक मर्मत गरेपछि सडक सुचारु भएको हो । प्रहरी निरीक्षक नरेन्द्र चन्दले पहिरो अवरुद्ध भएको २७ दिनपछि मङ्गलबार बिहानबाट सर्केगार्ड खार्पु सडक सुचारु भएको बताउनुभयो । उक्त खण्डको सडक सेनाले निर्माण गरेको तर हाल नेपाली सेना कालीकोट गएको कारण सेनाले नै कामदार तथा मेशिन लगाएर सडक मर्मत गरेपछि सडक सुचारु भएको हो ।

सडक विभागलाई सेनाले आफ्नो जिम्माको सो खण्डको सडक हस्तान्तरण नगरि सकेको कारण भत्केको सडक सेनाले नै मर्मत गरेर यातायात सेवा सुचारु गरेको उहाँले बताउनुभयो । एक हप्ता लगातार अवरुद्ध सडकको मर्मत कार्य गरेपछि सुचारु गरिएको हो । सडक सुचारु भएसँगै यो खण्डमा खार्पुमा आउने चौध वटा मालबाहक सवारी साधन आउन सुरु भएको छ । यसअघि सलीसल्ला सर्केगार्ड खण्डको न्यासीमा अवरुद्ध भएको सडक मर्मतपछि यातायात सेवा सञ्चालनमा आएको थियो । खार्पु खण्डको लाली बगरदेखि खार्पुनाथ गाउँपालिका केन्द्र याङ्चु बजारसम्म एघार स्थानमा पहिरो गएर सडक भत्किएको कारण यातायात सेवा अबरुद्ध रहेको थियो । अब कर्णाली करिडोरको हुम्ला खण्ड पुर्ण रुपमा यातायात सेवा सुचारु भएको हो । गोरखापत्र

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...