कर्णाली कोरिडोरको सर्केगार्ड खार्पुनाथ सडक २७ दिनपछि सुचारु

Published on

काठमाडौं । कर्णाली कोरिडोरको हुम्ला खण्डको सर्केगार्डदेखि खार्पुनाथ गाउँपालिका(५ को खार्पुसम्मको सडक अवरुद्ध भएको २७ दिनपछि सुचारु भएको छ । अवरुद्ध सडकलाई लालीवगरदेखि दुल्लीकुनासम्म सडक निर्माणको काम गर्दै आएको नेपाली सेनाले भत्केको सडक मर्मत गरेपछि सडक सुचारु भएको हो । प्रहरी निरीक्षक नरेन्द्र चन्दले पहिरो अवरुद्ध भएको २७ दिनपछि मङ्गलबार बिहानबाट सर्केगार्ड खार्पु सडक सुचारु भएको बताउनुभयो । उक्त खण्डको सडक सेनाले निर्माण गरेको तर हाल नेपाली सेना कालीकोट गएको कारण सेनाले नै कामदार तथा मेशिन लगाएर सडक मर्मत गरेपछि सडक सुचारु भएको हो ।

सडक विभागलाई सेनाले आफ्नो जिम्माको सो खण्डको सडक हस्तान्तरण नगरि सकेको कारण भत्केको सडक सेनाले नै मर्मत गरेर यातायात सेवा सुचारु गरेको उहाँले बताउनुभयो । एक हप्ता लगातार अवरुद्ध सडकको मर्मत कार्य गरेपछि सुचारु गरिएको हो । सडक सुचारु भएसँगै यो खण्डमा खार्पुमा आउने चौध वटा मालबाहक सवारी साधन आउन सुरु भएको छ । यसअघि सलीसल्ला सर्केगार्ड खण्डको न्यासीमा अवरुद्ध भएको सडक मर्मतपछि यातायात सेवा सञ्चालनमा आएको थियो । खार्पु खण्डको लाली बगरदेखि खार्पुनाथ गाउँपालिका केन्द्र याङ्चु बजारसम्म एघार स्थानमा पहिरो गएर सडक भत्किएको कारण यातायात सेवा अबरुद्ध रहेको थियो । अब कर्णाली करिडोरको हुम्ला खण्ड पुर्ण रुपमा यातायात सेवा सुचारु भएको हो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...