अझै कालोपत्रे हुन सकेन भातकाँडा-बडाल-रेल सडक

Published on

काठमाडौं । भातकाँडा(बडाल(रेल सडकको साढे चार किलोमिटर सडक खण्ड कालोपत्रे गर्न आर्थिक वर्ष २०७८\२०७९ मा ठेक्का सम्झौता भएपनि सडक कालोपत्रे हुन सकेको छैन । नेपाली काँग्रेसका सभापती एवम् पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको गाउँ गन्यापधुरा गाउँपालिका १, रुवाखोला भएर भातकाँडा(बडाल(रेल सडकको काम ठेकेदारको चरम लापरबाहीले यो सडक खण्ड कालोपत्रे हुन सकेको छैन । यस भन्दा अगाडीको सडक खण्ड भने कालोपत्रे भइसकेको छ । २०५२ सालमै ट्र्याक खोलिएको उक्त सडक कालोपत्रे हुन नसकेको भन्दै बारम्बार प्रश्न उठ्ने गरेको छ । डडेल्धुरा–अत्तरिया जोड्ने महाकाली राजमार्गको भातकाँडा बजारदेखि साढे चार किलोमिटर सडक खण्ड कालोपत्रे गर्न अनक जोशी मालिका निर्माण कम्पनीसंग साढे नौ करोड रकम बराबरको ठेक्का सम्झौता भएको थियो ।

२६ महिनाभित्र काम सम्पन्न गर्ने गरि सम्झौता भएपनि हालसम्म सडक कालोपत्रे हुन सकेको छैन । सडक डिभिजन कार्यालय डोटीका इञ्जिनियर गौरव धामीका अनुसार उक्त सडक खण्ड कालोपत्रेका लागि २०७८ माघ महिनामा ठेक्का सम्झौता भएको थियो । २०८० चैत मसान्तमा कालोपत्रेको काम सम्पन्न गर्ने गरि ठेका सम्झौता भएपनि यो समय भित्र काम सुरु नै नगरिएको उहाँले बताउनुभयो । गत वर्ष मात्रै कटिंग र पर्खाल लगाउने काम ठेकेदारले गरेर म्याद थप गरेको छ । २०८२ असार मसान्तभित्र काम सम्पन्न गर्ने गरि म्याद थप भएको उहाँले जानकारी दिनुभयो । निर्माण कम्पनी अनक जोशी मालिका महेन्द्रनगरका संचालक रधुुवीर साउदले गत वर्ष सडक कटिंग र पर्खाल लगाउने काम गरे पछि म्याद थप गरिएको उहाँले जानकारी दिनुभयो । म्याद थप गरेपछि भने ठेकेदार बेपत्ता भएको उहाँले बताउनु भयो । गएको वैशाख महिनामा म्याद थप गरे पछि ठेकेदार काम ठप्प पारेर वेपत्ता भएको स्थानीयको गुनासो छ ।

उक्त साढे चार किलोमिटर सडक खण्ड भन्दा अगाडी कालोपत्रेका लागि २०७९ असोज महिनामा एस।के।तेडी कालिका जेभीसंग ठेक्का सम्झौता भएको थियो । उक्त सडक खण्ड भने कालोपत्रे भईसकेको छ । साढे ६ किलोमिटर सडक कालोपत्रेका लागि सात करोड ३४ लाख रकम बराबरको ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसारको सडक खण्ड कालोपत्रे भईसकेको उहाँले बताउनुभयो । यस्तै, उक्त सडक खण्ड भन्दा पनि अगाडी साढे तीन किलोमिटर सडक खण्ड कालोपत्रेका लागि एस।के। भवानी कम्पनी संग साढे पाँच करोड रकम बराबरको ठेक्का सम्झौता भएको थियो । २०८० असोज महिनामा भएको ठेक्का सम्झौतामा २०८१ असार मसान्त भित्र काम सम्पन्न गर्नु पर्ने थियो । सम्झौता अनुसार कालोपत्रेको काम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । यस सडक खण्डको करिब नौ किलोमिटर सडक कालोपत्रे भएपनि सुरुको भातकाँडा बजार भन्दा अगाडीको साढे चार किलोमिटर सडक खण्ड कालोपत्रे हुन नसक्दा स्थानीयलाई सास्ती छ । रुवाखोलाबाट तरकारी, दुग्ध जन्य परिकार, खसी, बोका बजारसम्म पुगाउन सास्ती हुने गरेको स्थानीय केशव महताले बताउनुभयो । सडक कालोपत्रे नहुदा रुवाखोलाका सयौ स्थानीय बजारसंगै औषधी उपचारका लागि जिल्ला सदरमुकाम डडेल्धुरा आउजाउ गर्न निकै कठिनाई हुने गरेको उहाँको गुनासो छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...