अझै कालोपत्रे हुन सकेन भातकाँडा-बडाल-रेल सडक

Published on

काठमाडौं । भातकाँडा(बडाल(रेल सडकको साढे चार किलोमिटर सडक खण्ड कालोपत्रे गर्न आर्थिक वर्ष २०७८\२०७९ मा ठेक्का सम्झौता भएपनि सडक कालोपत्रे हुन सकेको छैन । नेपाली काँग्रेसका सभापती एवम् पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको गाउँ गन्यापधुरा गाउँपालिका १, रुवाखोला भएर भातकाँडा(बडाल(रेल सडकको काम ठेकेदारको चरम लापरबाहीले यो सडक खण्ड कालोपत्रे हुन सकेको छैन । यस भन्दा अगाडीको सडक खण्ड भने कालोपत्रे भइसकेको छ । २०५२ सालमै ट्र्याक खोलिएको उक्त सडक कालोपत्रे हुन नसकेको भन्दै बारम्बार प्रश्न उठ्ने गरेको छ । डडेल्धुरा–अत्तरिया जोड्ने महाकाली राजमार्गको भातकाँडा बजारदेखि साढे चार किलोमिटर सडक खण्ड कालोपत्रे गर्न अनक जोशी मालिका निर्माण कम्पनीसंग साढे नौ करोड रकम बराबरको ठेक्का सम्झौता भएको थियो ।

२६ महिनाभित्र काम सम्पन्न गर्ने गरि सम्झौता भएपनि हालसम्म सडक कालोपत्रे हुन सकेको छैन । सडक डिभिजन कार्यालय डोटीका इञ्जिनियर गौरव धामीका अनुसार उक्त सडक खण्ड कालोपत्रेका लागि २०७८ माघ महिनामा ठेक्का सम्झौता भएको थियो । २०८० चैत मसान्तमा कालोपत्रेको काम सम्पन्न गर्ने गरि ठेका सम्झौता भएपनि यो समय भित्र काम सुरु नै नगरिएको उहाँले बताउनुभयो । गत वर्ष मात्रै कटिंग र पर्खाल लगाउने काम ठेकेदारले गरेर म्याद थप गरेको छ । २०८२ असार मसान्तभित्र काम सम्पन्न गर्ने गरि म्याद थप भएको उहाँले जानकारी दिनुभयो । निर्माण कम्पनी अनक जोशी मालिका महेन्द्रनगरका संचालक रधुुवीर साउदले गत वर्ष सडक कटिंग र पर्खाल लगाउने काम गरे पछि म्याद थप गरिएको उहाँले जानकारी दिनुभयो । म्याद थप गरेपछि भने ठेकेदार बेपत्ता भएको उहाँले बताउनु भयो । गएको वैशाख महिनामा म्याद थप गरे पछि ठेकेदार काम ठप्प पारेर वेपत्ता भएको स्थानीयको गुनासो छ ।

उक्त साढे चार किलोमिटर सडक खण्ड भन्दा अगाडी कालोपत्रेका लागि २०७९ असोज महिनामा एस।के।तेडी कालिका जेभीसंग ठेक्का सम्झौता भएको थियो । उक्त सडक खण्ड भने कालोपत्रे भईसकेको छ । साढे ६ किलोमिटर सडक कालोपत्रेका लागि सात करोड ३४ लाख रकम बराबरको ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसारको सडक खण्ड कालोपत्रे भईसकेको उहाँले बताउनुभयो । यस्तै, उक्त सडक खण्ड भन्दा पनि अगाडी साढे तीन किलोमिटर सडक खण्ड कालोपत्रेका लागि एस।के। भवानी कम्पनी संग साढे पाँच करोड रकम बराबरको ठेक्का सम्झौता भएको थियो । २०८० असोज महिनामा भएको ठेक्का सम्झौतामा २०८१ असार मसान्त भित्र काम सम्पन्न गर्नु पर्ने थियो । सम्झौता अनुसार कालोपत्रेको काम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । यस सडक खण्डको करिब नौ किलोमिटर सडक कालोपत्रे भएपनि सुरुको भातकाँडा बजार भन्दा अगाडीको साढे चार किलोमिटर सडक खण्ड कालोपत्रे हुन नसक्दा स्थानीयलाई सास्ती छ । रुवाखोलाबाट तरकारी, दुग्ध जन्य परिकार, खसी, बोका बजारसम्म पुगाउन सास्ती हुने गरेको स्थानीय केशव महताले बताउनुभयो । सडक कालोपत्रे नहुदा रुवाखोलाका सयौ स्थानीय बजारसंगै औषधी उपचारका लागि जिल्ला सदरमुकाम डडेल्धुरा आउजाउ गर्न निकै कठिनाई हुने गरेको उहाँको गुनासो छ । गोरखापत्र

ताजा समाचार

परराष्ट्रमन्त्री राणा र युक्रेनका विदेशमन्त्रीबिच वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा...

१०औँ राष्ट्रिय खेलकुदको मस्कट ‘रेडपान्डा’

काठमाडौँ । कणाली प्रदेशमा आगामी जेठ ३ देखि १० गतेसम्म आयोजना हुने १०औँ राष्ट्रिय...

एक महिनादेखि फोहोर नउठ्दा कावासोती दुर्गन्धित

काठमाडौँ । एक महिनादेखि फोहोर नउठ्दा नवलपुर सदरमुकाम कावासोती दुर्गन्धित बन्दै गएको छ। थुप्रिएको...

परराष्ट्रमन्त्री डा. राणा र मल्दोभाका उपप्रधानमन्त्रीबिच द्विपक्षीय भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मल्दोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइसँग मंगलबार...