गुरु कामतको स्वास्थ्य नाजुक

Published on

काठमाडौं । लक्ष्मीपुरपतारी गाउँपालिका–२, पोखरभिन्डा निवासी शास्त्रीय सङ्गीतका चर्चित सङ्गीतकार गुरुदेव कामतको स्वास्थ्य अवस्था नाजुक बन्दै गइरहेको छ । ६८ वर्षीय कामदको दुवै मिर्गौलाले काम गर्न छोडेपछि दिनप्रतिदिन स्वास्थ्य अवस्था नाजुक बन्दै गएको हो । उहाँ लहानस्थित रामकुमार शारडा उमाप्रसाद प्रादेशिक अस्पतालमा डायलासिस गराउँदै आउनुभएको छ । उहाँको सुगर लेभल बढेपछि थप उपचारका लागि बाहिर लैजानुपर्ने अवस्था आएको परिवारजनले बताएका छन् । कामतका कान्छो छोरा समीर कामतले भन्नुभयो, “आर्थिक अवस्थाले भ्याएसम्म करिब १० लाख रुपियाँ खर्चिएर उपचार गराइसक्यौँ । अब थप उपचारका लागि आर्थिक अवस्थाले भ्याउन सक्ने अवस्था नभएपछि लक्ष्मीपुरपतारी गाउँपालिका र मधेश प्रदेश सरकारसँग अपिल गरेका छौँ ।”

१० वर्षकै उमेरदेखि गीतसङ्गीतमा लाग्नुभएका गुरुदेव कामतले भारतको इलाहबादबाट सङ्गीत सिकेर सयौँ शिष्य बनाउनुभएको छ । लहान–११ का पडरिया गाविसका पूर्वअध्यक्षसमेत रहनुभएको मागैन कामत भन्नुहुन्छ, “सङ्गीतको क्षेत्रमा उहाँँको योगदान उच्च रहेको छ । उहाँको गीतसङ्गीतले धेरैलाई मोहित पार्ने गथ्र्यो । कामत २०६१ सालदेखि काठमाडौँमा गुरुकुल शास्त्रीय सङ्गीतालय खोलेर नेपाली, मैथिली, भोजपुरी विभिन्न भाषामा योगदान दिनुभएको थियो । अहिले उहाँको अवस्था नाजुक भएकाले मधेश प्रदेश सरकारले उहाँको उपचारका लागि सहयोग गरियोस् हाम्रो माग छ । प्रदेश सभा सदस्य राजेन्द्रप्रसाद चौधरी कामतको निवासमा पुगेर कामतको स्वास्थ्य उपचारका लागि जनसङ्ख्या तथा स्वास्थ्य मन्त्रालयको ध्यान आकर्षण गराउनसमेत सक्रिय पहल थाल्ने बताउनुभयो । यता लक्ष्मीपुरपतारी गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुरले उहाँको उपचारका लागि गाउँपालिकाले तत्कालै सहयोग गर्न प्रक्रिया थालेको बताउनुभयो । मैथिली साहित्य परिषद्का सिराहा संयोजक तथा वरिष्ठ लेखक रामरिझन यादवले गुरुदेव कामतको उपचारका लागि तत्कालै सहयोग गर्न तीनै तहको सरकारसँग माग गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...