गुरु कामतको स्वास्थ्य नाजुक

Published on

काठमाडौं । लक्ष्मीपुरपतारी गाउँपालिका–२, पोखरभिन्डा निवासी शास्त्रीय सङ्गीतका चर्चित सङ्गीतकार गुरुदेव कामतको स्वास्थ्य अवस्था नाजुक बन्दै गइरहेको छ । ६८ वर्षीय कामदको दुवै मिर्गौलाले काम गर्न छोडेपछि दिनप्रतिदिन स्वास्थ्य अवस्था नाजुक बन्दै गएको हो । उहाँ लहानस्थित रामकुमार शारडा उमाप्रसाद प्रादेशिक अस्पतालमा डायलासिस गराउँदै आउनुभएको छ । उहाँको सुगर लेभल बढेपछि थप उपचारका लागि बाहिर लैजानुपर्ने अवस्था आएको परिवारजनले बताएका छन् । कामतका कान्छो छोरा समीर कामतले भन्नुभयो, “आर्थिक अवस्थाले भ्याएसम्म करिब १० लाख रुपियाँ खर्चिएर उपचार गराइसक्यौँ । अब थप उपचारका लागि आर्थिक अवस्थाले भ्याउन सक्ने अवस्था नभएपछि लक्ष्मीपुरपतारी गाउँपालिका र मधेश प्रदेश सरकारसँग अपिल गरेका छौँ ।”

१० वर्षकै उमेरदेखि गीतसङ्गीतमा लाग्नुभएका गुरुदेव कामतले भारतको इलाहबादबाट सङ्गीत सिकेर सयौँ शिष्य बनाउनुभएको छ । लहान–११ का पडरिया गाविसका पूर्वअध्यक्षसमेत रहनुभएको मागैन कामत भन्नुहुन्छ, “सङ्गीतको क्षेत्रमा उहाँँको योगदान उच्च रहेको छ । उहाँको गीतसङ्गीतले धेरैलाई मोहित पार्ने गथ्र्यो । कामत २०६१ सालदेखि काठमाडौँमा गुरुकुल शास्त्रीय सङ्गीतालय खोलेर नेपाली, मैथिली, भोजपुरी विभिन्न भाषामा योगदान दिनुभएको थियो । अहिले उहाँको अवस्था नाजुक भएकाले मधेश प्रदेश सरकारले उहाँको उपचारका लागि सहयोग गरियोस् हाम्रो माग छ । प्रदेश सभा सदस्य राजेन्द्रप्रसाद चौधरी कामतको निवासमा पुगेर कामतको स्वास्थ्य उपचारका लागि जनसङ्ख्या तथा स्वास्थ्य मन्त्रालयको ध्यान आकर्षण गराउनसमेत सक्रिय पहल थाल्ने बताउनुभयो । यता लक्ष्मीपुरपतारी गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुरले उहाँको उपचारका लागि गाउँपालिकाले तत्कालै सहयोग गर्न प्रक्रिया थालेको बताउनुभयो । मैथिली साहित्य परिषद्का सिराहा संयोजक तथा वरिष्ठ लेखक रामरिझन यादवले गुरुदेव कामतको उपचारका लागि तत्कालै सहयोग गर्न तीनै तहको सरकारसँग माग गर्नुभयो । गोरखापत्र

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...