विपद र डेंगुसहित महामारीको समस्या समाधान गर्न २४ घण्टे हटलाइन सेवा

Published on

काठमाडौं । काठमाडौँ महानगरपालिकाले विपदजन्य जोखिम र डेंगु हैजासहित महामारी व्यवस्थापनका लागि २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ । विपद व्यवस्थापन विभाग, स्वास्थ्य विभाग र महानगर प्रहरी बलबाट यो सेवा प्रदान हुनेछ । नियमित वर्षाबाट सिर्जना हुने डुबान, बाढी तथा पानीजन्य समस्या व्यवस्थापन तथा समाधानका लागि विपद व्यवस्थापन विभाग र महानगर प्रहरी बलले काम गर्नेछन् । स्वास्थ्य विभागबाट डेंगु, हैजासहितका महामारीका रुपमा फैलिने रोगको उपचारका लागि परामर्श, सेवा शिफारिस र उपचार समन्वय प्रदान हुनेछ । यसका लागि पहिलो सम्पर्क स्थापित गर्न हटलाइन टेलिफोन २४ घण्टा खुला गरिएको छ ।

यस अघि कार्यालय समयमा मात्र हटलाइन खुला हुने गरेको थियो ।

नियमित पानी परिरहेकोले महानगर प्रहरी बलले पानीजन्य विपत डुबान, बाढी तथा पहिरो रोकथाम तथा व्यवस्थापन, चर्किएको सडक तथा पृलमा जोखिम सङ्केत राख्ने, सवारी तथा मानवीय आवागमन नियन्त्रण गर्ने, पानी कटाएर बचाउनु पर्ने ठाउँमा प्लाष्टिकले छोपेर व्यवस्थापन गर्ने काम गरिरहेको छ । यस्ता समस्या परे ९८५१३५६५०९ मा फोन गर्दा सिधै महानगर प्रहरी बलसँग सम्पर्क हुनेछ । बर्खामा फैलिने डेंगु र हैजा पनि पानीजन्य समस्या नै हुन् । पिउने पानीमा दिशाजन्य फोहर मिसिए हैजाको जोखिम हुन्छ । खाल्टाखुल्टीमा पानी जमेर तीन दिनभन्दा धेरै रहेमा डेंगु फैलाउने लामखुट्टेको जनसङ्ख्या बढ्छ । एकै पटक उच्च ज्वरो आउने, टाउको दुख्ने, जोर्नी दुख्ने, थकित महसुस हुने जस्ता शारीरिक समस्या देखिए डेंगु हुन सक्छ । तारन्तार पातलो दिशा भइ रहेमा हैजा हुन सक्छ । यी दुवै समस्याको प्राथमिक उपचार र स्वास्थ्य सेवाबाट प्रदान गरिने उपचारका विषयमा हटलाइनबाट परामर्श दिइनेछ । यसका लागि हटलाइन निःशुल्क नम्बरहरु ११८० र १६६००१०५५११ मा फोन गर्न सकिनेछ ।

साँझ ६ बजेपछाडि ११८० मा डायल गरेर ९ थिच्नुपर्छ । यो फोन स्वास्थ्यकर्मीले उठाउनुहुनेछ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...