संसद् भवन निर्माण ढिला भएकोप्रति असन्तुष्टि

Published on

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित सङ्घीय संसद् भवन निर्माणप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । निर्माणाधीन भवन अनुगमनका लागि जानुभएका उहाँले थपिएको समयभित्र निर्माण सम्पन्न हुने गरी निर्माण कम्पनीले काम नगरेपछि असन्तुष्टि व्यक्त गर्नुभएको हो । उहाँले सबै सम्भावना प्रयोग गरेर भए पनि थपिएको समयसीमाभित्र सो भवन निर्माण सम्पन्न गर्न पनि निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । पछिल्लो पटक थपिएको समय अब नौ महिना बाँकी रहेकाले त्यसमा सम्पन्न हुने गरी कामलाई तीव्रता दिन पनि उपप्रधानमन्त्री सिंहले निर्माण कम्पनीलाई सचेत गराउनुभयो । उहाँले समयमै काम सम्पन्न हुने गरी दैनिक तीन सिफ्टमा काम गर्न आफूहरूले निर्माण कम्पनीलाई घचघच्याइने काम गरिरहेको बताउनुभयो । बाँकी भएको कामलाई ठेक्काको समयभित्रै सक्न काममा ढिलासुस्ती भएकाले त्यसलाई घचघच्याउनका लागि पनि आफूहरूले काम गरिरहेको उहाँको भनाइ थियो ।

सहरी विकास मन्त्रालयले सो काम छिटो सम्पन्न गर्नका लागि कामदारको सङ्ख्या दोब्बर बनाउन पनि निर्माण कम्पनीलाई दबाब दिँदै आएको छ । तर ठेकदार कम्पनीले सो अनुसार काम नगरेको मन्त्रालयका सचिव मणिराम गेलालले बताउनुभयो । उहाँका अनुसार आगामी नौ महिनाभित्र अथवा आगामी चैत १८ गतेसम्मका सो भवनको निर्माण सम्पन्न गरिसक्ने पछिल्लो सम्झौता छ । त्यस अवधिभित्र सम्पन्न हुने गरी काम गर्न निर्माण कम्पनीलाई सहरी विकास मन्त्रालयले दबाब दिँदै आएको छ । २०७६ साल असोज १६ गते करिब छ अर्ब ३० करोड रुपियाँ लागतमा तीन वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौतासहित सुरु भएको सो भवन निर्माण कोभिडका कारण केही समयपछि धकेलिएको सहरी विकास मन्त्रालयले जनाएको छ । बाँकी भने थपिएको समयभित्र सो कार्यसम्पन्न गराउन निर्माण कम्पनीलाई निरन्तर दबाब दिने काम भइरहेको मन्त्रालयका सचिव गेलालले बताउनुभयो । यसअघि सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सो भवन निर्माण छिटो सक्ने गरी आवश्यक सहजीकरण गर्न सरकारलाई सचेत गराउँदै आउनुभएको छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...