सडक बगाउँदा लोकमार्ग अवरुद्ध

Published on

काठमाडौं । चुरे क्षेत्रमा मंगलबार राति परेको भारी बर्षाका कारण ढुङग्रे खोलामा आएको बाढीले सडक कटान गर्दा पूर्व–पश्चिम लोकमार्ग रातिदेखि अवरुद्ध भएको छ । बाढीले बर्दीबास ५ स्थित जंगली क्षेत्रमा पर्ने फबेलगाछी पुलको पश्चिमतर्फको अप्रोच कटान गर्दा लोकमार्ग अवरुद्ध भएको हो । बाढीले कटान जारी राखेकाले प्रहरीले पूर्वतर्फको गाडीलाई गौशला रोड र पश्चिमतर्फका सवारीलाई लक्ष्मिनिया चोकबाट हुलाकी सडक हुँदै गन्तव्यतर्फ पठाउने गरेको छ ।

इलाका प्रहरी कार्यालय बर्दीबासका डिएसपी रेवतिरमण पोखरेलका अनुसार बाढीले जंगली क्षेत्रमा सडक कटान गरेको छ । कटान क्षेत्रमा सडक कार्यालयले बिहानदेखि मर्मतको काम सुरु गरेको जनाएको छ । सडक डिभिजन कार्यालय जनकपुरका डिइ दीपककुमार झाले मर्मतको काम भइरहेको बताउनुभयो । बढीले मूल सडकमै १० मिटर लम्बाई र करिव अढाइ मिटर गहिरो खाल्डो पारेकाले अपरान्हपछि मात्र लोकमार्ग खुल्न सक्ने सम्भावना रहेको बताउनुभयो । गोरखापत्र

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...