दक्षिण भारतमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १५१ पुग्यो

Published on

काठमाडौं । भारतको दक्षिणी राज्य केरलामा मङ्गलबार भारी वर्षापछिको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १५१ पुगेको छ । साथै घाइतेको सङ्ख्या ७० पुगेको स्थानीय प्रहरीले बताएको छ ।

त्यस्तै २०२ जना बेपत्ता भएका छन् । केरलाको वायनाड जिल्लाको मेपाडी क्षेत्रमा बिहान २ बजेतिर कम्तीमा तीन वटा ठूलो पहिरो खसेको थियो । भारी वर्षाको बिचमा पनि उद्धार कार्य जारी छ । प्रभावित क्षेत्रहरूलाई नजिकैको शहर चोरलमालासँग जोड्ने वायनाड जिल्लाको एउटा पुल बगेको छ । भारतीय सेनाले प्रभावित क्षेत्रमा मेडिकल टोलीसहित २२५ कर्मचारी तैनाथ गरेको जनाएको छ । उद्धारका लागि भारतीय वायुसेनाका दुई हेलिकोप्टर परिचालन गरिएको छ । प्रधानमन्त्री कार्यालयले प्रत्येक मृतकका परिवारलाई दुई लाख भारतीय रुपियाँ (लगभग दुई हजार ३ सय ८९ अमेरिकी डलर) र प्रत्येक घाइतेलाई ५० हजार भारतीय रुपियाँ ९करिब ५ सय ९७ डलर० क्षतिपूर्ति दिने घोषणा गरेको छ । सिन्ह्वा न्यूज एजेन्सी नेपाल

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...