‘इजरायली आक्रमण’मा हमासका प्रमुख नेता इस्माइल हानियाको मृत्यु

Published on

काठमाडौं । इजरायलको आक्रमणमा हमासका प्रमसख नेता इस्माइल हानिया मारिएका छन् । बुधबार हमासले आफ्ना प्रमुख नेता हानिया इजरायल कारबाहीमा तेहरानमा मारिएको जनाएको हो ।

हमासले एक विज्ञप्ति जारी गर्दै हानियाको मृत्यु भएको पुष्टि गरेको छ । उहाँ ६२ वर्षका हुनुहुन्थ्यो । हमासका अनुसार तेहरानमा आफ्नै निवासमा भएको बेला इजरायलले गरेको हवाई कारबाहीमा हानियाको मृत्यु भएको हो । समाचारसंस्था एएफपीका अनुसार इरानको रेभलूशनरी गार्ड कोरले उक्त ‘घटना’ कसरी भयो भन्ने स्पष्ट नभएको तर छानबिन भइरहेको जनाएको छ । हमासका अनुसार हानिया इरानका नवनिर्वाचित राष्ट्रपति मसूद पेजेश्कियानले पदभार ग्रहण गर्ने समारोहमा सहभागी हुन इरान जानुभएको थियो ।

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...