वाम्बुलेले मनाए बाँसुरी दिवस

Published on

काठमाडौं । किराँत राई वाम्बु समुदायले बाँसुरी दिवस मनाएका छन् । वाम्बु राई समुदायले साउन १५ मा बाँसुरी दिवसका रूपमा मनाउने गर्छन् । वाम्बुले राई समाजका केन्द्रीय अध्यक्ष गजुरधन राईका अनुसार ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–६, हिलेपानी र काठमाडौँको ललितपुरमा वाम्बुले राईले दिवसका अवसरमा विशेष कार्यक्रम आयोजना गरी बाँसुरी दिवस मनाएका छन् । किराँत लोकपरम्परालाई पुस्तान्तरण गर्न आठ वर्षदेखि साउन १५ मा बाँसुरी दिवस मनाउन थालिएको राईको भनाइ छ । वाम्बु राई समुदायमा बाँसुरीको आफ्नै मौलिक महत्व र पहिचान रहेको छ । ललितकला प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले किराँती समुदायका लोकबाजाको संरक्षण गर्नु आजको आवश्यकता रहेको बताउनुभयो ।

कुलपति हार्तम्छालीले ललितपुरको महालक्ष्मी नगरपालिका–१, इमाडोलमा रहेको वाम्बुले राई समाजको भवनमा आयोजित कार्यक्रममा यस्तो धारणा व्यक्त गर्नुभएको हो । राष्ट्रिय गानका सर्जक ब्याकुल माइलाले लोकभाका, लोकनृत्य र लोकबाजाले भूगोल समुदाय चिनाउने काम गर्ने बताउनुभयो । किराँती लोकपरम्पराको निरन्तरता दिने उद्देश्यले आयोजना गरिएको बाँसुरी दिवसमा वाम्बुले संस्कार, भाषा, संस्कृति जगेर्नाका लागि अगुवाइ गर्नुहुने समाजका अगुवा, कलाकारको सहभागिता रहेको थियो । यस वर्ष विनायो बाँसुरीसँगै लोकभाका सालमायासमेत प्रस्तुत गरिएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...