एमसिसीका तीन वटै सबस्टेसनको निर्माण सम्झौता

Published on

काठमाडौं । एमसिसी परियोजना अन्तर्गतका सबै विद्युत् सबस्टेसनको निर्माण सम्झौता सम्पन्न भएको छ । परियोजना कार्यान्वयन कार्यालय एमसिए–नेपालले तनहुँ जिल्लाको दमौलीमा बन्ने चार सय केभी क्षमताको नयाँ दमौली सबस्टेसन निर्माणको बुधबार ठेक्का सम्झौता गरेको छ । सो सबस्टेसन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ लिमिटेडसँग ३.८८ करोड अमेरिकी डलरको ठेक्का सम्झौता सम्पन्न भएको एमसिए नेपालले जनाएको छ । सम्झौतासँगसँगै एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण गर्न लागिएका तीन वटै चार सय केभी सबस्टेसन निर्माणसम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ लिमिटेडका व्यापार निर्देशक राबिब अग्रवालले सो सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

यसअघि गत जेठमा नुवाकोटको रातमाटे सबस्टेसन निर्माणका लागि पनि सोही कम्पनीलाई चयन गरी ठेक्का प्रदान गरिएको थियो । न्यु दमौली सबस्टेसन एक हजार मेगा भोल्ट एम्पिएर क्षमताको बन्ने छ जसले रातमाटे, लेखनाथ र नयाँ बुटवल सबस्टेसनलाई आबद्ध गर्ने छ । हस्ताक्षर समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले तीन वटै सबस्टेसन निर्माण समयमै सम्पन्न गर्न सशक्त पहल गर्न पनि सरोकारवालालाई आह्वान गर्नुभयो । अर्थ मन्त्रालयका सचिव एवं एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा। रामप्रसाद घिमिरेले तीव्र गतिमा प्रगति भइरहेको ऊर्जा क्षेत्रको दिगोपन र बलियो आधारका रूपमा यी सबस्टेसन महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै अमेरिकी राजदूत डिन।आर। थम्प्सनले समावेशी एवं दिगो आर्थिक विकासमार्फत नेपालको घर घरमा ऊर्जा पुयाउन, नेपाली अर्थतन्त्रलाई थप ऊर्जा प्रदान गर्न, रोजगारी सिर्जना गर्न र गरिबी न्यूनीकरण गर्न नेपालसँग सहकार्य गर्दै एमसिसी नेपाल कम्प्याक्ट सफलता उन्मुख भएको टिप्पणी गर्नुभयो । एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा गएको पहिलो वार्षिकोत्सवको पूर्वसन्ध्यामा तीनै वटा सबस्टेसन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनु महìवपूर्ण कोसेढुङ्गा रहेको उल्लेख गर्नुभयो ।

एमसिसी नेपाल कम्प्याक्टले विद्युत् प्रसारण आयोजना अन्तर्गत तीन वटा सबस्टेसनका अतिरिक्त काठमाडौँको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्तापश्चिम) स्थित नेपाल–भारत सीमासम्म ३१५ किमी लामो प्रसारण लाइन निर्माण गर्न आर्थिक सहयोग गर्दै छ । अहिले १८ किमी लामो सीमापार प्रसारण लाइन निर्माणका लागि प्राप्त बोलपत्रको मूल्याङ्कन कार्य भइरहेको एमसिएले जनाएको छ । यसको निर्माण सम्झौता यही साउनमा गर्ने लक्ष्य रहेको जनाइएको छ । त्यस्तै बाँकी २९७ किमी प्रसारण लाइन निर्माणका लागि यसै वर्ष यथाशीघ्र पुनः बोलपत्र आह्वान गर्ने तयारी भइरहेको एमसिएले जनाएको छ । सडक मर्मत आयोजनातर्फ ‘फुल डेप्थ रिक्लेमेसन’ सम्बन्धी खरिदका लागि यही वर्षको भदौभित्र बोलपत्र आह्वान गर्ने तयारी गरेको विज्ञप्तिमार्फत जनाइएको छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...