बत्तिस देशसँग बहत्तर अर्ब त्रिसट्ठी करोडभन्दा बढीको व्यापार

Published on

काठमाडौं । पश्चिम नेपालको प्रमुख नाका नेपालगन्ज नाकाबाट गत आर्थिक वर्ष २०८०\८१ मा ३२ देशसँग ७२ अर्ब ६३ करोड रुपियाँभन्दा बढीको वैदेशिक व्यापार भएको छ । नेपालगन्ज भन्सार कार्यालयका अनुसार नेपालगन्ज नाकाबाट गत आवमा राजस्व सङ्कलन लक्ष्य अनुसार हुन नसके पनि ३.४६ प्रतिशतले वैदेशिक व्यापार वृद्धि भएको छ । नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत पूर्णप्रसाद लम्सालले अघिल्लो आव २०७९\८० को तुलनामा गत आव २०८०\८१ मा नेपालगन्ज नाकाबाट दुई अर्ब ४२ करोड ९५ लाख ६० हजार रुपियाँको वैदेशिक व्यापार बढी भएको बताउनुभयो । उहाँले यो नाकाबाट अघिल्लो आवमा ७० अर्ब २० करोड ५४ लाख २७ हजार रुपियाँको वैदेशिक व्यापार भएकोमा गत आवमा ३.४६ प्रतिशतले वृद्धि भई ७२ अर्ब ६३ करोड ४९ लाख ८८ हजार रुपियाँको वैदेशिक व्यापार भएको जानकारी दिनुभयो ।

नेपालगन्ज नाकाबाट हुने वैदेशिक व्यापारको अधिकांश हिस्सा भारतले ओगटेको जनाउँदै सूचना अधिकारी लम्सालले अन्य ३२ देशसँग पनि व्यापार भएको बताउनुभयो । भन्सार कार्यालयका अनुसार गत आवको वैदेशिक व्यापारमा ७० अर्ब २१ करोड ४९ लाख चार हजारको आयात र दुई अर्ब ४१ करोड ९० लाख ८४ हजारको निर्यात भएको छ । नेपालगन्ज नाकाबाट भारत, बेलायत, मलेसिया, चाइना, अमेरिका, युरोपियन युनियन, स्विट्जरल्यान्ड, कोरिया, जापान, भियतनाम, बेल्जियम, इन्डोनेसिया, इटाली, दक्षिण अफ्रिका, टर्की, थाइल्यान्ड, ताइवान, दुबई, ओमान, कतार, साउदी अरेबिया, सिङ्गापुरसहित ३१ देशबाट सामान आयात भएको छ । यीमध्ये भारत, युनाइटेड अरब इमिरेट्स र म्यानमारसँग मात्रै निर्यात व्यापार भएको भन्सार कार्यालयका सूचना अधिकारी लम्सालले बताउनुभयो ।

भन्सार कार्यालय नेपालगन्जका अनुसार यो नाका हुँदै भारतलगायतका देशबाट इन्धन, खाद्यान्न, मेसिनरीसहित ५० प्रकारका सामग्री आयात हुने गरेको छ भने यहाँबाट जडीबुटी, प्लाइउडसहित १७ प्रकारका सामग्री निर्यात हुँदै आएको छ । भारत, म्यानमार र युनाइटेड अरब इमिरेट्समा जडीबुटी निकासी हुने गरेको जडीबुटी व्यवसायी सङ्घले जनाएको छ । नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्क शर्माले नाकामा निकासी प्रक्रियालाई अझै सहज र सरल बनाउने हो भने धेरै ठुलो परिमाणमा जडीबुटी निर्यात गर्न सकिने बताउनुभयो । नेपालगन्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले उत्पादन सामग्रीको वृद्धि र एकीकृत भन्सार जाँच चौकी निर्माण भई सुचारु भएपछि निर्यात आयात सहज हुँदै गएको बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...