विभागले गरायो म्यानपावरलाई सचेत

Published on

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनावश्यक दुःख नदिन इजाजतपत्र प्राप्त संस्था (म्यानपावर) व्यवसायीलाई सचेत गराएको छ । म्यानपावर व्यवसायीले केही युवालाई वैदेशिक रोजगारीमा जानका लागि छनोट नहुँदै राहदानी लिने, वैदेशिक रोजगारीमा नपठाउने र राहदानी लिन जाँदा सेवा शुल्क माग्ने जस्ता कार्य गरेको गुनासो विभागमा आएकाले यस विषयमा सचेत गराएको हो ।

विभागका निर्देशक गुरुदत्त सुवेदीले पछिल्लो समयमा वैदेशिक रोजगारीमा नपठाउने र राहदानी लिन जाँदा सेवा शुल्क माग्ने गरेको गुनासो विभाग धेरै आउन थालेको जानकारी दिनुभयो । उहाँका अनुसार जुन कार्य भएको छ यो गलत भएको छ । यस्तो कार्य गर्नेलाई वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कारबाही हुन्छ । म्यानपावर व्यवसायीले वैदेशिक रोजगार नियमावली, २०६४ को नियम (१४) बमोजिम वैदेशिक रोजगारीका लागि विज्ञापनमा उल्लेख गरिए अनुसारको मिति र समयमा अन्तर्वार्ता नगराउने र सार्ने तथा अन्तर्वार्ताको मितिमा आवेदक जाँदा कार्यालय बन्द हुने गरेको गुनासा विभागमा आउने गरेका छन् । विभागले विज्ञापनबमोजिम अन्तर्वार्ता गराउनसमेत सचेत गराएको सुवेदीले जानकारी दिनुभयो ।

त्यस्तै अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाले समेत तोकिएको मापदण्डबमोजिम तालिम प्रदान नगरेको गुनासो विभागमा पुग्ने गरेको छ । त्यस्तै विभागबाट अनुगमन गर्दा समेत त्यस प्रकारको अवस्था भेटिएकाले अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ बमोजिम अनिवार्य तोकिएको मापदण्डबमोजिम तालिम प्रदान गरेर मात्र प्रमाणपत्र उपलब्ध गराउन विभागले सचेत गराएको छ । त्यस्तो नगरेको खण्डमा नियम अनुसार कारबाही गर्ने चेतावनी विभागले दिएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...