विभागले गरायो म्यानपावरलाई सचेत

Published on

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनावश्यक दुःख नदिन इजाजतपत्र प्राप्त संस्था (म्यानपावर) व्यवसायीलाई सचेत गराएको छ । म्यानपावर व्यवसायीले केही युवालाई वैदेशिक रोजगारीमा जानका लागि छनोट नहुँदै राहदानी लिने, वैदेशिक रोजगारीमा नपठाउने र राहदानी लिन जाँदा सेवा शुल्क माग्ने जस्ता कार्य गरेको गुनासो विभागमा आएकाले यस विषयमा सचेत गराएको हो ।

विभागका निर्देशक गुरुदत्त सुवेदीले पछिल्लो समयमा वैदेशिक रोजगारीमा नपठाउने र राहदानी लिन जाँदा सेवा शुल्क माग्ने गरेको गुनासो विभाग धेरै आउन थालेको जानकारी दिनुभयो । उहाँका अनुसार जुन कार्य भएको छ यो गलत भएको छ । यस्तो कार्य गर्नेलाई वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कारबाही हुन्छ । म्यानपावर व्यवसायीले वैदेशिक रोजगार नियमावली, २०६४ को नियम (१४) बमोजिम वैदेशिक रोजगारीका लागि विज्ञापनमा उल्लेख गरिए अनुसारको मिति र समयमा अन्तर्वार्ता नगराउने र सार्ने तथा अन्तर्वार्ताको मितिमा आवेदक जाँदा कार्यालय बन्द हुने गरेको गुनासा विभागमा आउने गरेका छन् । विभागले विज्ञापनबमोजिम अन्तर्वार्ता गराउनसमेत सचेत गराएको सुवेदीले जानकारी दिनुभयो ।

त्यस्तै अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाले समेत तोकिएको मापदण्डबमोजिम तालिम प्रदान नगरेको गुनासो विभागमा पुग्ने गरेको छ । त्यस्तै विभागबाट अनुगमन गर्दा समेत त्यस प्रकारको अवस्था भेटिएकाले अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ बमोजिम अनिवार्य तोकिएको मापदण्डबमोजिम तालिम प्रदान गरेर मात्र प्रमाणपत्र उपलब्ध गराउन विभागले सचेत गराएको छ । त्यस्तो नगरेको खण्डमा नियम अनुसार कारबाही गर्ने चेतावनी विभागले दिएको छ ।

ताजा समाचार

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...

ढल्केबर-बारा प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबिचको विद्युत् व्यापार...