चलचित्र बोर्डमा अध्यक्ष माग

Published on

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डमा अध्यक्ष पदका लागि आवेदन माग गरेको छ । मन्त्रालयले बुधबार सूचना प्रकाशन गर्दै योग्यता पुगेका इच्छुक व्यक्तिले १५ दिनभित्र आवेदन दिन समयसीमा तोकेको छ ।

जारी सूचना अनुसार अध्यक्षका लागि ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने छ । मान्यताप्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्धन तथा प्रवर्धनमा निरन्तर कम्तीमा १० वर्ष काम गरेको योग्यता तोकिएको छ । कुनै विदेशी मुलुकको स्थायी आवासीयपत्र नलिएको स्वघोषणा गरेकाले मात्र निवेदन गर्न सक्ने छन् । बोर्डका अध्यक्ष भुवन केसीको साउन ९ गते कार्यकाल सकिएसँगै चलचित्र विकास बोर्डको अध्यक्ष पद रिक्त छ ।

ताजा समाचार

कैन्दीबन्दीलाई सिलाइकटाइ तालिम

काठमाडौँ । जिल्ला कारागारका कैदीबन्दीलाई सिलाइकटाइ तालिम दिन सुरु गरिएको छ । पर्यटन तथा...

आफ्नो वडालाई नमुना वडा बनाउन चाहन्छु

कञ्चनपुर जिल्लाको पालिकाहरु मध्ये भीमदत्त नगरपालिका भित्र पर्ने वडा नम्बर १३ यस्तो वडा हो...

आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता सुरु

काठमाडौँ । निजी मेडिकल कलेजको स्नातक (पीजीमा)का आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता...

आफ्नो जीवनमा स्वर्गको अनुभव गर्नुहोस् : शान्तिवक्ता रावल

काठमाडैँ । अन्तर्राष्ट्रिय शान्तिवक्ता, सुप्रसिद्ध लेखक एवम् शान्तिदूत प्रमे रावलले हामीले प्राप्त गरेको जीवन...