जिल्ला कारागार खोटाङमा कैदीबन्दीबिच झडप

Published on

काठमाडौं । जिल्ला कारागार खोटाङका कैदीबन्दीबीच झडप भएको छ । कारागारमा रहेका तीन कैदीले एकआपसमा कुटाकुट गरेको बताइएको छ ।

कारागारका नाइके कैदी रोहिणी कार्की तथा कैदी सन्तोष परियार र सुवास बिकबिचमा बुधबार साँझ कुटाकुट भएको कारागारका प्रशासक सोमप्रसाद आचार्यले जानकारी दिनुभयो । कैदी सन्तोष र सुवासको आक्रमणबाट रोहिणीको बायाँ हातमा चोट लागेको छ । आफूमाथि प्रहार भएको बेल्चा छेक्ने क्रममा उनको हातमा चोट लागेको हो । घटनालगत्तै जिल्ला अस्पतालमा लगेर उनको हातमा प्लाष्टर गरिएको आचार्यले बताउनुभयो । झगडामा सन्तोष र सुवासको टाउकोमा पनि समान्य चोट लागेको छ । घट्ना दोहोरिन सक्ने सम्भावनालाई विचार गर्दै सन्तोष र सुवासलाई अहिले जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ । कैदीबिचमा कुटाकुट भएको जानकारी पाएपछि प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की र जिल्ला प्रहरी कार्यालयका डिएसपी पुरुषोत्तम खड्का कारागार पुग्नुभएको थियो ।

कारागारमा खटिएका प्रहरीको सहयोगमा झगडालाई केहीछिनमै साम्य पारिएको कारागार प्रशासक आचार्यले बताउनुभयो । सन्तोष र सुवासलाई चार(पाँच महिनाअघि मात्रै झापा र झुम्काबाट दिक्तेल कारागार सारिएको थियो । उनीहरुले कारागारमा ‘ग्रुपिजम’ सुरु गरेपछि तनावको स्थिति सिर्जना भएको बताइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...