भौतिक पूर्वाधार र शैक्षिक सुधारमा फड्को मार्दै जैएस मुरारका क्याम्पस

Published on

काठमाडौं । लहान वडा नम्बर १० स्थित सामुदायिक जेएस मुरारका बहुमुखी क्याम्पस लहान भौतिक पूर्वाधार शैक्षिक सुधारमा पडको मार्न थालेको छ  । २०४४ सालमा तत्कालीन लहान नगरपञ्चायत र लहानका लब्ड प्रतिष्ठित उद्योगपति प्रमेश्वर मुरारकाले दाता भएर निर्माण गरिएको यस क्याम्पसले यस भेगमा उच्च शिक्षा दिने प्रमुख क्यामपस रहेको छ  । पूर्वमा राजविराज पश्चिममा सिरहा उच्च शिक्षाका लागि जानुपर्ने बाध्यताका कारण विपन्न किसान मजदुरको सन्तान उच्च शिक्षाबाट बञ्चित रहनु परेको अवस्थामा क्याम्पसको स्थापना भएपछि तीन दशकभन्दा बढी समयदेखि उच्च शिक्षाका लागि प्रमुख केन्द्र बनेको छ ।

लहानस्थित पशुपति आदर्श माध्यमिक विद्यालयमा कक्षा सञ्चालन गरेर सुरु भएको यस क्याम्पको लागि लहान नगरपालिकाका तत्कालिन नगरपञ्चायतका प्रधानपञ्च लगनलाल चौधरीले २३ विघा जमनी खरिद गरी दिएपछि दाता प्रमेश्वरी मुरारकाले २३ कोठे दुई तल्ले भवन निर्माण गरी दिएर क्याम्पसको नमाकरण ऐजए मुरारका बहुमुखी क्याम्पस नमाकरण गरिएको थियो । अहिले विश्व विद्यालय अनुदान मधेश प्रदेश सरकारको सहयोगमा करोडौंको लागतमा विज्ञान भवन र दाता मुरारका परिवारको तर्फबाट स्वर्गीय प्रमेश्वरी मुराकाको नाउँमा एक करोडभन्दा बढीको लागतमा अति आधुनिक विज्ञान प्रयोगशाला निर्माण भएको छ । विश्व विद्यालयबाट र मधेश प्रदेशबाट समेत नमूना क्याम्पसको रुपमा विकास गर्दै गएको ठहर गरेर प्रत्ययन गुणस्तरीय चिन्ह प्राप्त र प्रथम पुरस्कार समेत प्राप्त गरेको छ  । विज्ञान वाणिज्य शिक्षा कला लगायतका स्नाकोत्तरसम्म अध्ययनरत चार हजारको हाराहारीमा विद्यार्थी सङ्ख्या अध्ययनरत रहेको यस क्याम्पसको भौतिक विकास र शैक्षिक सुधारका लागि लहान नगरपालिका र दाता परिवारबाट निरन्तर सहयोग भइरहेको क्याम्पस प्रमुख सञ्जय चौधरीले बताउनुभयो ।

लहान क्याम्पसका सञ्चालक समितिका अध्यक्ष लहान नगरप्रमुख महेशप्रसाद चौधरी र दाता परिवारको तर्फबाट मन्नार्थ अध्यक्ष मुरारीलाल मुरारकाले यस क्याम्पसलाई बदलिँदो परिस्थितिमा समयानुकू आवश्यकता अनुसारको प्रविधि शिक्षाका लागि प्रयासरत रहेको विश्वास व्यक्त गर्नुभयो । देशकै नमूना क्याम्पस बनाउने सङ्कल्पका साथ लागि परेको उहाँहरुले दृढता पनि व्यक्त गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

सुनचाँदीको मूल्य हालसम्मकै उच्च

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । चार दिनको अन्तरालमा...

बाँकेमा मिनी रङ्गशाला अधूरै

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले एक करोड रुपियाँभन्दा बढी खर्च गरेको बाँकेको खजुरा गाउँपालिकास्थित...

निर्वाचनका लागि माहोल तयार भइसकेको छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनपछि देशमा अभिभावकीय भूमिका नरहेको अवस्थामा गैरदलीय नागरिक...

बाँकेमा जलपन्छी गणना

काठमाडौं । बाँकेका विभिन्न तालतलैया, सिमासर क्षेत्र, जलाशय क्षेत्र तथा नदी क्षेत्रमा पानीमा आश्रित...