बाघको आक्रमणबाट महिलाको मृत्यु

Published on

काठमाडौं । बाघको आक्रमणबाट कञ्चनपुरमा एक महिलाको ज्यान गएको छ । दोधारा चाँदनी नगरपालिका–२ का २३ वर्षीया हीरा शाहको ज्यान गएको हो ।

खेतमा काम गरिरहेको अवस्थामा उखुबारीबाट निस्केर उहाँलाई बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट महिलाको घटनास्थलमै मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मनोज ऐरले जानकारी दिनुभयो । उहाँका अनुसार सो ठाउँमा हिजो बाघ देखिएपछि नेपाली सेनासहित निकुञ्जको प्राविधिक टोली त्यहाँ पुगेर बाघको खोजी कार्य गरेको थियो । ड्रोन उडाएर खोजी गर्दा बाघ फेला नपरेपछि निकुञ्जको टोलीले स्थानीयलाई खेतमा नजान र सतर्क रहन आग्रह गरेको थियो । आज बिहान पनि टोली पुगेर बाघ खोजी गर्दै थियो । “त्यहाँ बिचबिचमा धान र विभिन्न प्लटमा उखु छ । हामीले आजै बाघ देखिएको एक प्लटमा त्यसको खोजी गर्दै गर्दा अर्कोतिरको प्लटबाट निस्केर काम गरिरहेको महिलालाई मार्‍यो । महिलाको मृत्यु भएपनि टाउकोमा चोटबाहेक खाएको अवस्था छैन । तानेर उखु बारीमा पुर्‍याएको थियो”, ऐरले भन्नुभयो।

नरभक्षी बाघलाई नियन्त्रणमा लिने प्रयास भइरहेको जनाइएको छ । महिलालाई मारेको बाघ उखुमै रहेको जनाइएको छ । बाघलाई नियन्त्रणमा लिनका लागि निकुञ्जको हात्तीसहितको टोली खटेको छ । यसैगरी, बर्दिया राष्ट्रिय निकुञ्जबाट पनि प्राविधिक टोली आइरहेको ऐरले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...