एमाले सचिवालय बैठक जारी, नेताको कार्य विभाजन हुने

Published on

काठमाडौं । केहीबेरअघि सुरु भएको नेकपा (एमाले) सचिवालय बैठक जारी छ । बैठक हनुमानथानस्थित होटल बसेरामा चलिरहेको छ । आजको बैठकले वर्तमान राजनीतिक अवस्थाको समीक्षाका साथै केन्द्रीय नेताहरूको कार्य विभाजनका सम्बन्धमा निर्णय गर्ने बताइएको छ । असार २६ गते बसेको पार्टी सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्य विभाजन हेरफेर गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार मापदण्ड बनाएर कार्य विभाजन गर्न बैठक बसेको हो । यसअघि केन्द्रीय नेताहरूको अन्तरजिल्ला कार्यक्षेत्र निर्धारण गरिएको थियो ।

नेताहरूलाई अब आफ्नै भूगोलमा खटाउने तयारी पार्टीले गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको सभापतित्वमा बसेको छ । गोरखापत्र

ताजा समाचार

अव्यवस्थित सहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बढ्दो अव्यवस्थित सहरीकरणले विश्वमै समस्या ल्याएको र...

‘याक संरक्षणका लागि सङ्गठित प्रयास आवश्यक’

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले याकपालनले हिमाली समुदायको आयआर्जन, खाद्य र...

पाँच सय कृषकको भागमा सात बोरा मल

काठमाडौँ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० का करिब पाँच सय कृषक व्यावसायिक तरकारी खेतीमा संलग्न...

पर्यटन विकास कार्यालय गौर दुई कर्मचारीको भरमा

काठमाडौँ । रौतहटको गौरमा रहेको पर्यटन विकास कार्यालय दुई जना कर्मचारीको भरमा चलेको छ...