गोरखामा पाँच करोड राजस्व सङ्कलन

Published on

काठमाडौं । जिल्ला प्रशासन कार्यालय गोरखाले पाँच करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०८०\०८१ को साउन महिनादेखि असार मसान्तसम्म एक वर्षको अवधिमा पाँच करोड ७ लाख ५६ हजार ५ सय रुपियाँ राजस्व सङ्कलन असुल उपर गरेको हो । युवाहरु विदेश मोहले गर्दा गोरखामा एक वर्षमा १२ हजार ४ सय २९ जनाले राहदानी निकालेका छन् । जसमा ७ हजार ४ सय २९ जना पुरुष छन् भने ४ हजार ९ सय ५० जना महिला रहेका गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि असार मसान्त सम्ममा जिल्ला प्रशासन कार्यालय गोरखाबाट १२ हजार ४ सय २९ जनाले ई पासपोर्ट लिएका हुन् । महिलाभन्दा बढी पुरुषहरुले राहादानी लिएको र ३१६ जनाले जारी गरेको एमआरपीबाट ५ करोड भन्दा बढी राजस्व सङ्कलन असुल उपर भएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

अहिले गोरखामा १८ वर्ष पुग्नासाथ विदेशमा पढ्न जाने र वैदेशिक रोजगारमा जानेको सङ्ख्या बढी भएकाले राहदानी बनाउनेको सङ्ख्या धेरै हुन गएकाले पनि राजस्व वृद्धि हुन गएको हो । राहादानी बनाउने सङ्ख्या बढेसँगै राजस्वमा वृद्धि भएको जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशासकीय अधिकृत चूडानिधि तिवारीको भनाइ छ । गोरखापत्र

ताजा समाचार

कैन्दीबन्दीलाई सिलाइकटाइ तालिम

काठमाडौँ । जिल्ला कारागारका कैदीबन्दीलाई सिलाइकटाइ तालिम दिन सुरु गरिएको छ । पर्यटन तथा...

आफ्नो वडालाई नमुना वडा बनाउन चाहन्छु

कञ्चनपुर जिल्लाको पालिकाहरु मध्ये भीमदत्त नगरपालिका भित्र पर्ने वडा नम्बर १३ यस्तो वडा हो...

आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता सुरु

काठमाडौँ । निजी मेडिकल कलेजको स्नातक (पीजीमा)का आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता...

आफ्नो जीवनमा स्वर्गको अनुभव गर्नुहोस् : शान्तिवक्ता रावल

काठमाडैँ । अन्तर्राष्ट्रिय शान्तिवक्ता, सुप्रसिद्ध लेखक एवम् शान्तिदूत प्रमे रावलले हामीले प्राप्त गरेको जीवन...