थाई एयरलाई भैरहवा उडानको अनुमति

Published on

काठमाडौं । बैङ्कक मुख्यालय भएको थाई एयर एसियाले बैङ्कक–भैरहवा सातामा चार दिन उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले थाई एयर एसियालाई बिहीबार भैरहवामा उडान अनुमति दिएको हो ।

थाई एयर एसियाले काठमाडौँ र भैरहवामा उडान अनुमति मागेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रायका आधारमा नागरिक उड्डयन प्राधिकरण मुख्यालयले सातामा काठमाडौँमा तीन र भैरहवामा चार वटा उडान अनुमति दिएको हो । ५८ वटा विमान भएको थाई एयर एसियाको नेपालको आधिकारिक एजेन्ट (जिएसए) युनिभर्सल ट्राभल रहेको छ । यसअघि हितबहादुर तामाङ पर्यटनमन्त्री हुँदा थाई एयरले उडानका लागि आवेदन दिएको थियो । २० वर्षअघि स्थापना भएको यो लोकस्ट करियर अन्तर्गतको वायुसेवा कम्पनीले बैङ्ककबाट भारत, हङ्कङ, चीन, कम्बोडिया, भियतनाम, इन्डोनेसिया, लाओस, श्रीलङ्कालगायतका एसियाली मुलुकमा उडान गर्दै आएको छ ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...