अपहेलना मुद्दामा भदौ ६ गते फैसला

Published on

काठमाडौं । सर्वोच्च अदालतले सिधाकुरा डटकमविरुद्धको अपहेलना मुद्दामा भदौ ६ गते फैसला सुनाउने भएको छ । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको नौ सदस्यीय बृहत् पूर्ण इजलासले बहस नोट पेस गर्ने समय दिएर निर्णय सुनाउने मिति तोकेको हो । अदालतले १५ दिनभित्र बहस नोट पेस गर्ने समय दिएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिनुभयो । सर्वोच्चको इजलासले जेठ ४ मा मुद्दा बृहत् पूर्ण इजलासमा पेस गर्न आदेश गरेको थियो । सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन मुद्दा मिलाउन बहालवाला न्यायाधीशसमेत संलग्न रहेको दाबीसहित सिधाकुराले अडियो सामग्री प्रकाशन गरेको थियो । तत्कालीन न्यायाधीश डा। आनन्दमोहन भट्टराईसमेतको नाम जोडिएको उक्त अडियो प्रहरी अनुसन्धानले फेक भएको निष्कर्ष निकालेको थियो । सिधाकुराले आफ्नो अनलाइन र युट्युब च्यानलमा ‘डार्क फाइल’ नामबाट उक्त सामग्री प्रकाशन गरेको थियो । अडियो प्रकरणमा न्यायाधीशसमेत जोडिएपछि सर्वोच्च प्रशासनले वैशाख १६ गते उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेको प्रतिवेदनका आधारमा अपहेलना मुद्दा चलाएको थियो ।

सिधाकुराका सम्पादक नवीन ढुङ्गाना, प्रकाशक युवराज कँडेल र अडियो उपलब्ध गराउने राजकुमार तिमल्सिनालाई विपक्षी बनाएर अदालतले अपहेलना प्रक्रिया अघि बढाएको थियो । अडियो प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया र अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाको पनि नाम जोडिएको थियो । अदालतले सुरुमा २४ घन्टाभित्र सामग्री हटाउन आदेश गरेको छ । मुद्दालाई फौजदारी कायम गर्न र प्रहरीबाट अनुसन्धान गराउन पनि आदेश भएको थियो । आदेश अनुसार प्रहरीले उक्त अडियोको परीक्षणसमेत गरेको थियो । परीक्षणपछि सामग्री फेक भएको प्रहरीको निष्कर्ष छ । सोही निष्कर्षका आधारमा असार १४ मा साइबर अपराधमा पनि तिनै जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । भ्रम, द्वेष र घृणा फैलाउने गरी सामग्री उत्पादन तथा प्रकाशन गरेकाले विद्युतीय कारोबार ऐन अनुसार कारबाहीको मागसहित मुद्दा दायर भएको थियो । मुद्दामा पेस भएको अडियो मोबाइल फोनबाट डाउनलोड गरिएको निष्कर्ष प्रतिवेदनले निकालेको थियो ।

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...