नरभक्षी बाघलाई नियन्त्रणमा लिइयो

Published on

काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा हिजो एक युवतीलाई मारेको नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ । शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्जबाट खटेको प्राविधिक टोलीले आज बिहान बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिएको हो । बाघले दोधारा चाँदनी नगरपालिका–२ मा बाघले २३ वर्षीया हीरा शाहलाई हिजो मारेर सोही ठाउँको उखुबारीमा घुमिरहेको थियो । बाघलाई उखुबारीबाटै नियन्त्रणमा लिइएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले जानकारी दिनुभयो । उहाँले बाघ एकदम बेहोस अवस्थामा रहेको र त्यसलाई मजगाउँस्थित निकुञ्जको हेडक्वार्टरमा पुर्‍याएर चिकित्सकको टिमले चेकजाँच गर्ने बताउनुभयो । “बाघ धेरै बेहोस छ, उठ्छ वा उठ्दैन भन्ने चेकजाँचपछि मात्रै थाहा हुन्छ”, उहाँले भन्नुभयो ।

बाघलाई हिजो दिनभरि नियन्त्रणमा लिने प्रयास असफल भएको थियो । आज बिहान बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिन सफल भएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताउनुभयो । हिजो उखुबारीमा बाघ हिँडेको हिड्यै गरेपछि प्राविधिक टोली बेहोस बनाउन असफल भएको भएको थियो । हिजो दिनभरि प्रयास गर्दा पनि असफल भएपछि हात्तीसहितको प्राविधिक टोली रातभरि बाघको रेकी गर्दै सोही स्थानमा बसेको थियो । घेरा हालेको ठाउँबाट बाघलाई अन्यत्र जान नदिनको लागि लाइट बालिएको थियो । त्यसै गरी रातभरि १० वटा ट्याक्टर चलाएर रेकी गरिएको थियो । लाइट र ट्याक्टरको व्यवस्था नगरपालिकाको कार्यालयले गरेको थियो । यस्तै, भोकले उखुबारीबाट बाघ नभागोस् भनेर एउटा पाडो बाँधेर राखेकोमा त्यसलाई खाएको जनाइएको छ । बाघले मान्छे मारेपछि दोधारा चाँदनी नगर त्रसित बनेको थियो । सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटेका थिए । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...