अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिद्वारा रिहा भएका नागरिकलाई स्वागत

Published on

काठमाडौं । रूससँगको कैदी आदानप्रदानमा रिहा भएका अमेरिकी पत्रकार इभान गेर्शकोभिच र अन्य दुई पूर्व अमेरिकी नौसैनिक पल ह्वेलन र पत्रकार अल्सु कुर्माशेभा स्वदेश फिर्ता भएपछि उहाँहरूको अमेरिकामा भव्य स्वागत भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले पत्रकार इभान गेर्शकोभिचलाई अँगालो हालेर स्वागत गर्नुभएको थियो । वाल स्ट्रिट जर्नलका रिपोर्टर गेर्शकोविच, पूर्व अमेरिकी नैसैनिक ह्वेलन र पत्रकार कुर्माशेभा विमानबाट ओर्लेपछि परिवार र साथीभाइले खुसीयाली मनाएका थिए । खोज पत्रकारका रूपमा वाल स्ट्रिट जर्नलमा काम गर्ने सिलसिलामा गेर्शकोभिचलाई रूसमा पक्राउ गरिएको थियो । रूससँगको कैँदी आदानप्रदान सम्झौतामा उहाँहरूसहित ठूलो सङ्ख्यामा कैदी आदानप्रदान भएपछि उहाँहरू बिहीबार अमेरिका फिर्ता हुनुभएको हो । वासिङ्टन नजिकैको ज्वाइन्ट बेस एन्ड्रुजमा रूससँगको कैदी आदानप्रदानमा स्वदेश फिर्ता भएका नागरिकसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले भन्नुभयो, “उहाँहरू आउन निकै लामो समय लागेको छ । यो महसुस भएको छ ।”

शीतयुद्धपछिको सबैभन्दा ठूलो पूर्व–पश्चिम कैदी अदलाबदलीका क्रममा रूसले बिहीबार दुई दर्जन बन्दीलाई रिहा गरेको थियो । अमेरिकी रेजिडेन्सीमा कार्यरत क्रेमलिनका प्रखर आलोचक चौथो कैदी भ्लादिमिर कारामुर्जा पनि अलग्गै संयुक्त राज्य अमेरिका फर्किनुभएको छ । टर्कीको राजधानी अङ्कारास्थित विमानस्थलको टाक्र्याकमा भएको नाटकीय आदानप्रदानमा रूसमा कैद गरिएका अमेरिकी र अन्य सहयोगी मुलुकका गरी कुल १६ जना र दुई नाबालकसहित कुल १० जना रूसी नागरिक रिहा भएका हुन् । “गठबन्धनले फरक पार्छ । उनीहरूले कदम चाले र हाम्रा लागि यो मौका दिए,” बाइडेनले जर्मनी, पोल्याण्ड, स्लोभेनिया, नर्वे र बेलारुसलाई पनि सामेल गर्ने सम्झौताबारे भन्नुभयो ।

बाइडेनले सन् २०२४ को राष्ट्रपतीय चुनावबाट नाम फिर्ता लिएपछि डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिपदका सम्भावित उम्मेदवार ह्यारिसले ‘असाधारण दिन’ को घोषणा गर्नुभएको थियो । रिहा गरिएका कैदी र उनीहरूका आफन्तहरू अब ब्रुक आर्मी मेडिकल सेन्टरमा स्वास्थ्य परीक्षण र आवश्यक पर्ने कुनै पनि हेरचाहका लागि टेक्सासको सान एन्टोनियो जाने अपेक्षा गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । रासस\एएफपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...