बाढीले सयाैँ रोपनी धानखेत बगरमा परिणत

Published on

काठमाडौं । गोरखाको बेनीखोलामा आएको बाढीले दुई सय रोपनी धान खेत बगरमा परिणत भएको छ । गोरखा नगरपालिका ३ र ५ का स्थानीय किसानहरुले लगाएको धानखेत लगातार परेको अबिरल वर्षाका कारण बाढी आएर रोपो सहित धानखेत बगाउँदा बगरमा परिणत भएको हो । बेनीखोलामा आएको बाढीले १९ वटा कुलो र दुई सय रोपनी खेत बगायो, स्थानीय किसान खिल बहादुर कुमालले भन्नुभयो, “बेनीखोलाको सयौँ रोपनीमा रोपिएको खेत पूर्ण रुपमा बगर बनेको छ ।” बेनी खोलामा आएको बाढीले गोरखा नगरपालिका भित्रका सयाँै किसानहरु मर्कामा परेका छन् । माथिबाट ल्याएको ढुंगा, माटो ग्यागरान, रुखका हाँगाबिगाह, बालुवा र लेतोले पुरेपछि धेरै नै क्षति भएको छ, उहाँले भन्नुभयो, “दुई सय रोपनी खेतलाई क्षति पु–याउँदै खेतको मध्यभागबाट खोला बगिरहेको छ भने अन्य दरौदी खोलाले गोरखा नगरपालिका १० र ११ नम्बर वडाका सयौँ रोपनी धान खेतमा रोपो पुरेको छ ।”

किसान चन्द्र बहादुर कुमालका अनुसार अविरल वर्षाले दुई सय रोपनी खेत बगारमा परिणत भएपछि कृषि र सिंचाई कार्यालयले ४० थान ग्याबिन जाली १२ थान पाईप उपलब्ध गराएको छ भने गोरखा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाएको उहाँले बताउनुभयो । वर्षातका समयमा गोरखा नगरपालिकाभित्र विभिन्न स्थानमा बाढी र पहिरोले सडक, घर, खेत अत्यधिक मात्रामा क्षति पु–याएकाले पनि गोरखा नगरपालिकाले क्षतिको लगत संकलन गरिएकाले प्राविधिक मुल्याङ्कन गरी प्राविधिक प्रतिवेदन र स्थलगत अनुगमन गरेर पीडित किसानहरुलाई नगरपालिकाबाट सक्दो सहयोग गरिने गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण बहादुर राना मगरले जानकारी दिनुभयो । गोरखापत्र

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...