लुम्बिनीमा बिनाविभागीय मन्त्रीलाई तोकियो जिम्मेवारी

Published on

काठमाडौं । लुम्बिनी प्रदेशका आठ जना बिनाविभागीय मन्त्रीले जिम्मेवारी पाउनुभएको छ । बिनाविभागीय मन्त्रीमा नियुक्त भएको १० दिनपछि उहाँहरुले मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो ।

मुख्यमन्त्रीसहित एमालेबाट पाँच र कांग्रेसबाट चार मन्त्रीले साउन ९ गते शपथ लिनुभएको थियो । मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार नै कार्य विभाजनसँगै सरकारलाई पूर्णता दिन खोजे पनि कांग्रेसभित्रको आन्तरिक विवादले उग्ररुप लिएपछि रोकिएको छ । कांग्रेसमा मन्त्री छान्ने विवाद साम्य नहुँदा सरकारमा सहभागि हुने भनिएका दुई साना दललाई पनि समस्या परेको छ । एमालेका मुख्यमन्त्री चेतनारायण आचार्य र कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मन्त्रालयको जिम्मेवारी टुङ्गो लगाएको बुझिएको छ । सहमतिअनुसार कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा गुल्मीका धनेन्द्र कार्की, सहरी विकास तथा खानेपानी मन्त्रीमा प्यूठानका सरोज थापा, वन तथा वातावरणमा बाँकेका बादशाह कुर्मी, उद्योग, पर्यटन तथा यातायात मन्त्रीमा दाङका प्रचण्डविक्रम न्यौपानेले जिम्मेवारी पाउनुभएको छ । कांग्रेसले एक मन्त्री पठाउन बाँकी छ ।

एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा रूपन्देहीका भूमिश्वर ढकाल, कृषि तथा भूमि व्यवस्था मन्त्रीमा गुल्मीका दिनेश पन्थी, स्वास्थ्य मन्त्रीमा पाल्पाका खेम सारु र ऊर्जा जलस्रोत र सिँचाइ मन्त्रीमा दाङकी सीता शर्मा चौधरीले जिम्मेवारी पाएको मन्त्री भूमिश्वर ढकालले जानकारी दिनुभयो । १२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्मन्त्रीसहित पाँच, कांग्रेसले चार र दुई साना दललाई मन्त्रालय बाँडफाँड गरिएको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय र महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैंले राख्नुभएको छ । गोरखापत्र

ताजा समाचार

कैन्दीबन्दीलाई सिलाइकटाइ तालिम

काठमाडौँ । जिल्ला कारागारका कैदीबन्दीलाई सिलाइकटाइ तालिम दिन सुरु गरिएको छ । पर्यटन तथा...

आफ्नो वडालाई नमुना वडा बनाउन चाहन्छु

कञ्चनपुर जिल्लाको पालिकाहरु मध्ये भीमदत्त नगरपालिका भित्र पर्ने वडा नम्बर १३ यस्तो वडा हो...

आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता सुरु

काठमाडौँ । निजी मेडिकल कलेजको स्नातक (पीजीमा)का आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता...

आफ्नो जीवनमा स्वर्गको अनुभव गर्नुहोस् : शान्तिवक्ता रावल

काठमाडैँ । अन्तर्राष्ट्रिय शान्तिवक्ता, सुप्रसिद्ध लेखक एवम् शान्तिदूत प्रमे रावलले हामीले प्राप्त गरेको जीवन...