शुक्लाफाँटामा पाटेबाघ बढे, व्यवस्थापनमा चुनौती

Published on

काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघ सङ्ख्यामा बढोत्तरी भएसँगै व्यवस्थापनमा चुनौती थपिएको छ ।

क्षेत्रफलको हिसाबले सानो यो निकुञ्जमा बाघ सङ्ख्या ३६ पुगेसँगै व्यवस्थापनमा चुनौती थपिएको हो । हिजो बाघले निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने दोधारा चाँदनी नगरपालिका–२ की २३ वर्षीया हीरा शाहको ज्यान लिएपछि स्थानीय त्रसित छन् । यद्यपि, महिलाको ज्यान लिने बाघ निकुञ्ज वा भारतबाट दोधारा चाँदनी पुगेको हो भन्ने यकिन भइसकेको छैन । बाघलाई निकुञ्जले नियन्त्रणमा लिइसकेको छ । सन २०२२ को राष्ट्रिय बाघ गणनाको तथ्याङ्क अनुसार शुक्लाफाँटामा बाघ दोब्बर वृद्धि भई सङ्ख्या ३६ पुगेको छ । यसअघि, सन २०१८ को गणनामा यहाँ १६ वटा बाघ अभिलेख भएका थिए । निकुञ्जको घाँसे मैदान र चौधर नदीको किनारमा बाघको घनत्व बढी देखिएको निकुञ्ज कार्यालयले जानकारी दिएको छ । “बाघको घनत्व बढी रहेको क्षेत्र निकुञ्जको बिच क्षेत्रमा पर्दछन्”, निकुञ्जका सूचना अधिकारी मनोज ऐरले भन्नुभयो,“सङ्ख्या बढे पनि हामी कहाँ मानव र बाघबिचको द्वन्द्वको घटना अरू ठाउँको जस्तो भयावह छैन ।”

निकुञ्जभित्रै बाघको आहारा प्रजाति बढी रहेका कारण बाघ निकुञ्जभन्दा बाहिर निस्कने सम्भावना कम रहेको उहाँ बताउनुहुन्छ । सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाको तथ्याङ्क अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको आहारा प्रजातिको घनत्व प्रति वर्ग किलोमिटरमा १४६.२ रहेको छ । जुन नेपालमा पाटेबाघ पाइने तराईका निकुञ्जमध्ये सबैभन्दा बढी हो । पाटेबाघको आहारा चित्तल हुन । सङ्ख्या बढेसँगै चुनौती थपिएकाले बाघ संरक्षण र व्यवस्थापनका लागि निकुञ्जले पञ्चवर्षीय रणनीति अनुसार काम गर्ने तयारी गरिरहेको जनाइएको छ । जस अन्तर्गत निकुञ्ज र मध्यवर्ती क्षेत्रमा काम हुने जनाइएको छ । बाघको सङ्ख्या बढेकाले संरक्षण र व्यवस्थापनका कार्यक्रम त्यही अनुसार अगाडि बढाउन आवश्यक रहेको ऐरले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...