शुक्लाफाँटामा पाटेबाघ बढे, व्यवस्थापनमा चुनौती

Published on

काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघ सङ्ख्यामा बढोत्तरी भएसँगै व्यवस्थापनमा चुनौती थपिएको छ ।

क्षेत्रफलको हिसाबले सानो यो निकुञ्जमा बाघ सङ्ख्या ३६ पुगेसँगै व्यवस्थापनमा चुनौती थपिएको हो । हिजो बाघले निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने दोधारा चाँदनी नगरपालिका–२ की २३ वर्षीया हीरा शाहको ज्यान लिएपछि स्थानीय त्रसित छन् । यद्यपि, महिलाको ज्यान लिने बाघ निकुञ्ज वा भारतबाट दोधारा चाँदनी पुगेको हो भन्ने यकिन भइसकेको छैन । बाघलाई निकुञ्जले नियन्त्रणमा लिइसकेको छ । सन २०२२ को राष्ट्रिय बाघ गणनाको तथ्याङ्क अनुसार शुक्लाफाँटामा बाघ दोब्बर वृद्धि भई सङ्ख्या ३६ पुगेको छ । यसअघि, सन २०१८ को गणनामा यहाँ १६ वटा बाघ अभिलेख भएका थिए । निकुञ्जको घाँसे मैदान र चौधर नदीको किनारमा बाघको घनत्व बढी देखिएको निकुञ्ज कार्यालयले जानकारी दिएको छ । “बाघको घनत्व बढी रहेको क्षेत्र निकुञ्जको बिच क्षेत्रमा पर्दछन्”, निकुञ्जका सूचना अधिकारी मनोज ऐरले भन्नुभयो,“सङ्ख्या बढे पनि हामी कहाँ मानव र बाघबिचको द्वन्द्वको घटना अरू ठाउँको जस्तो भयावह छैन ।”

निकुञ्जभित्रै बाघको आहारा प्रजाति बढी रहेका कारण बाघ निकुञ्जभन्दा बाहिर निस्कने सम्भावना कम रहेको उहाँ बताउनुहुन्छ । सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाको तथ्याङ्क अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको आहारा प्रजातिको घनत्व प्रति वर्ग किलोमिटरमा १४६.२ रहेको छ । जुन नेपालमा पाटेबाघ पाइने तराईका निकुञ्जमध्ये सबैभन्दा बढी हो । पाटेबाघको आहारा चित्तल हुन । सङ्ख्या बढेसँगै चुनौती थपिएकाले बाघ संरक्षण र व्यवस्थापनका लागि निकुञ्जले पञ्चवर्षीय रणनीति अनुसार काम गर्ने तयारी गरिरहेको जनाइएको छ । जस अन्तर्गत निकुञ्ज र मध्यवर्ती क्षेत्रमा काम हुने जनाइएको छ । बाघको सङ्ख्या बढेकाले संरक्षण र व्यवस्थापनका कार्यक्रम त्यही अनुसार अगाडि बढाउन आवश्यक रहेको ऐरले बताउनुभयो । गोरखापत्र

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...